लोकसेवाले नायब सुब्बाको विज्ञापन खोल्यो

काठमाडौं २३ पुस । लोकसेवा आयोगले नायब सुब्बा पदको लागि ५ सय बढी पदमा विज्ञापन खोलेको छ ।

राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) स्तरमा प्राविधिक र अप्राविधिक गरी बुधबार ५ सय ४८ पदमा नयाँ भर्ना आह्वान गरेको हो ।

आवेदकले १० माघसम्ममा आवदेन दिनु पर्ने छ । यस्तै दोब्बर दस्तुर तिरेर माघ २१ सम्म दरखास्त दिन सकिने लोकसेवाले विज्ञापनमा उल्लेख गरेको छ ।

लोकसेवा आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिने जनाइएको छ।

Loading...