birat ribon

चिनी हालेको दुध पिउनु हानिकारक

Neuro
चिनी हालेको दुध पिउनु हानिकारक

विराटनगर २३ पुस । दुध पौष्टिकताले भरिएको पदार्थ हो । हरेक मानिसको जीवनमा दुधको महत्वपुर्ण भुमिका रहँदै आएको छ ।

Padelux insider
cura insider

दुधमा क्याल्सियम, भिटामिन डि र संयुग्मित लिनोलिक एसिडको मात्रा उच्च हुने हुँदा विभिन्न अनुसन्धान तथा अध्ययनले दुध सेवनले क्यान्सरको संभावना कम हुने देखाएको छ ।

दुधको नियमित सेवनले कोलोरेक्टल, स्तन र पेटको क्यान्सरको जोखिम कम हुने गरेको पाइन्छ । तर, दुधलाई कसरि र कति सेवन गर्नु पर्छ भनेर थाहा नभएको बेलामा फाइदा दिने दुधले समेत धेरै नकरात्मक असर पुर्याइरहेको हुन्छ । स्वास्थ्यका लागि फाइदा गर्छ भन्दै प्राय मानिसहरूले दुधलाई बेसार तथा महसँग मिसाएर पिउने गर्छन् ।

दुधको स्वाद खल्लो हुने हुदा दुधलाई गुलियो वा मिठो बनाउनका लागि दुधमा चिनी मिसाएर खाने गर्छौं । दुधमा चिनी मिसाएर पिउनु स्वास्थ्यको लागि हानिकारक हुने गर्छ । दुधमा चिनी मिसाएर सेवन गर्दा यसले शरीरमा जलन र अक्सिडेटिभ स्ट्रेसको समस्या उत्पन्न गराउने गर्छ ।

साथै, कोशिकालाई नोक्सान समेत पुर्याउने तथा शरीरमा अम्ल पैदा गरी पेट सम्बन्धि समस्याहरू निम्त्याउने गर्छ ।

jackson ribon