birat ribon

पत्रपत्रिकामा देश : यतिलाई ताहाचलको जग्गा भाडामा कौडीमा दिएपछि लुकालउने खेल

Neuro
पत्रपत्रिकामा देश : यतिलाई ताहाचलको जग्गा भाडामा कौडीमा दिएपछि लुकालउने खेल

Padelux insider
cura insider

विराटनगर २३ पुस । सरकारका उच्च पदस्थहरुसँग पहुँच बढाएर नेपाल ट्रष्टको अधिकांश सम्पत्तिमा रजाइँ गरेको यति समूहलाई ताहाचलको जग्गा भाडामा दिएको तथ्य फेला परेको छ ।

ट्रष्टको स्वामित्वमा ताहाचलमा रहेको चार रोपनी चार आना तीन पैसा तीन दाम जग्गा यतिको भागीनी कम्पनी थामसेर्कु डेभलपर्सलाई ३० वर्षको लागि भाडामा दिइएको छ । तर यो विषयलाई ट्रष्टका तत्कालिन पदाधिकारीहरुले ढकाछोप गरेको पाइएको छ ।

नागरिक दैनिकमा छापिएको खबरमा ट्रष्ट र थामसेर्कुबीच २०७४ माघमा ताहाचलको जग्गा भाडामा दिने सम्झौता भएपनि सोही वर्षको वार्षीक प्रतिवेदनमा भने लुकाइएको छ ।

कान्तिपुर दैनिकमा ‘सेरेमोनियल बन्दै संसद, जनतामा लगिँदैनन् विधेयक’ शिर्षकमा मुख्य समाचार छ ।
संसद्को मुख्य काम कानून बनाउने र सरकारले पेश गरेको विधेयक गुण दोष केलाएर असल नीति पारित गर्नु भएपनि सांसदहरु मुख्य जिम्मेवारीमा भने खासै भाग लिँदैनन् ।

यस कारण सरकारले जस्तो चाह्यो उस्तै विधेयक पारित हुने सम्भावना बढेको छ । यसको पछिल्लो उदाहारण हो सूचना प्रविधि विधेयक । संविधान र शक्तिपृथकिकरणको सिद्धान्त विरुद्ध सरकारले आफै अदालत गठन गर्ने, आफैँ न्यायाधीश नियुक्त गर्न, आफै मुद्धा चलाउने अनि आफैले दण्ड तोक्ने प्रावधानसहित उक्त विधेयकलाई संसदको सूचना तथा प्रविधि समितिले पास गर्याे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसदलाई देश र जनताको अनि विधिको शासनको चिन्ता भए यस्तो नहुने बताउँछन् । विधेयक बनाउने र छलफल गर्ने मुख्य काम मै सांसद सहभागिता हुन छोडेको उनको भनाइ छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको नियमावलीमा विधेयकमाथि जनताको प्रतिकृया प्राप्त गर्न सकिने प्रावधान भएपनि तीन दर्जन भन्दा बढी कानून बनेपनि एउटैमा उक्त प्रावधान प्रयोग भएको छैन् ।

अहिलेसम्म सबै विधेयकहरु सरकारले ल्याएको र जनतामा लैजानुपर्ने प्रस्ताव नराखिएको हो ।

प्रदेश ३ को राजधानी जसरी भएपनि हेटौंडामा राख्नु पर्ने नेकपाको हाई कमाण्डको निर्देशन रहेको समाचार अन्नपूर्ण पोष्टमा छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सचिवालयले दिएको सल्लाह कार्यान्वयन गर्ने दायित्व भएको भन्दै मतदानबाट प्रकृया टुंग्याउन भनेका छन् ।

jackson ribon