birat ribon

रियल मड्रिड वा युनाइटेडलाई प्रशिक्षण दिनुभन्दा माल्दिभ्स गएर बस्छु : ग्वार्डीओला

Neuro
रियल मड्रिड वा युनाइटेडलाई प्रशिक्षण दिनुभन्दा माल्दिभ्स गएर बस्छु : ग्वार्डीओला

एजेन्सी, २२ पुस । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले रियल मड्रिड वा म्यानचेस्टर युनाइटेडलाई कहिल्यै प्रशिक्षण नदिने बताएका छन् । युनाइटेडविरुद्धको खेलअगाडि पत्रकार सम्मेलनका क्रममा ग्वार्डीओलाले आफू युनाइटेड वा रियलको प्रशिक्षक भएर रहनुभन्दा माल्दिभ्स गएर बस्न रुचाउने बताए ।

Padelux insider
cura insider

‘सिटीलाई प्रशिक्षण दिएपछि म सायद युनाइटेडको जिम्मेवारी सम्हाल्दिँन । यस्तै मैले रियल मड्रिडको जिम्मेवारी लिनेबारे पनि सोचेको छैन’ ग्वार्डिओलाले भने ।

‘यदि मलाई कतैबाट पनि प्रस्ताव आएन भने म माल्दिभ्समा रहन रुचाउँछु,’ ग्वार्डिओलाले थपे, ’बरु रियल र युनाइटेडको प्रशिक्षण सम्हाल्नुभन्दा मलाई माल्दिभ्स गएर बस्नु नै ठीक ।’

jackson ribon