birat ribon

सुलेमानीको शवयात्रामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

Neuro
सुलेमानीको शवयात्रामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

तेहरान २२ पुस । इरानको दक्षिणपूर्वी शहर केरमानमा जनरल कासिम सुलेमानीको शवयात्रामा सहभागी हुने क्रममा मङ्गलबार भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।

Padelux insider
cura insider

यसअघि इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल सुलेमानीको शवयात्राका क्रममा केरमानमा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको थियो । घटनामा कम्तीमा २०० भन्दा बढी घाइते भएका छन् ।

घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ । कर्मानस्थित एएफपीका संवाददाताले दिएको जानकारी अनुसार दक्षिणपूर्वी शहर केरमानका सडकहरूमा इरानका रिभोलुसनरी गार्डस्का प्रमुख कमाण्डर सुलेमानीको अन्त्येष्टिका लागि शवयात्रा गर्ने क्रममा लाखौँको सङ्ख्यामा उपस्थित शुभचिन्तकहरूले खचाखच भरिएका थिए ।

शवयात्राका लागि केरमान पुगेका इरानीहरू सहरमा नअटाएपछि नजिकका पहाडहरूमा पुगेर भएपनि सुलेमानीप्रति अन्तिम सम्मान प्रकट गरेका थिए ।

इरानी जनताबीच गार्डस्को कुड्स बलका सुप्रसिद्ध कमाण्डर रहेका सुलेमानी इराकको राजधानी बग्दादस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाले ड्रोनमार्फत गरेको आक्रमणमा गत शुक्रबार मारिएका हुन् ।

jackson ribon