birat ribon

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, अर्ब माथि कारोवार

Neuro
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, अर्ब माथि  कारोवार

काठमाडौं २२ पुस । लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक मंगलबार पनि दोहोरो अङ्कले बढेको छ ।

Padelux insider
cura insider

यस साताको शुरुआतदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोवार भएको यस साताको तीन कारोवार दिनमा नै नेप्सेमा दोहोरो अङ्कको वृद्धि कायम छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ४.१३ ले वृद्धि भई २६४.८१ मा पुगेको छ ।

धेरै पछि कारोवार रकम अर्ब माथि पुगेको छ । लगानीकर्तामा विश्वास बढेपछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको हो । कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता शेयर १ अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ मूल्यमा खरिद–बिक्री भए । धेरै पछि कारोवार रकमले मंगलबार नयाँ इतिहास कायम गरेको हो ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा दश उपसमूहको शेयर उकालो लागेको छ ।

होटल ८.३७ र उत्पादन २२.६६ विन्दुले ओरालो लागेको छ । बैंकिङ १९.०३, व्यापार १.०१, विकास बैंक २६.१८, जलविद्युत् १७.५५, वित्त ५.०२, निर्जीवन बीमा ८६.५६, अन्य १.५२, लघुवित्त ३२.९, जीवन बीमा १.०४ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ ।

jackson ribon