birat ribon

तनाव न्युनिकरणका लागि आबे मध्यपूर्व जाने

Neuro
तनाव न्युनिकरणका लागि आबे मध्यपूर्व जाने

टोकियो २२ पुस । इरान र अमेरिकाबीचको तनाव न्युनिकरणको लागि जापानका प्रधानमन्त्री सिन्जो आबे अर्को हप्ता मध्य पूर्वको भ्रमणमा जाने भएका छन् ।

Padelux insider
cura insider

उनले अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनाव न्युनिकरणका लागि साउदी अरब, ओमन र युएईको भ्रमण गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका एक जना प्रवक्ताले १२ देखि १५ जनवरीमा उनको भ्रमण हुने बताए । पार्टीको बैठकमा प्रधानमन्त्री आबेले भ्रमणको विस्तृत विवरण दिएका थिए । मध्यपूर्वमा सृजना भएको तनावका बारेमा आफूले गहिरो चासो राखेको प्रधानमन्त्रीले बैठकमा बताएका थिए ।
मध्यपूर्वी क्षेत्रमा क्षेत्रमा शान्ति स्थापनाका लागि र स्थायित्वका लागि कुटनीतिक पहलमार्फत् केही योगदान दिन सक्ने उनको विश्वास छ ।

वासिङ्टन र तेहरानबीचको सम्वन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रुपमा प्रयास गर्दै आएका आबेले विवादका विषयमा ‘गहिरो चिन्ता’ व्यक्त गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ ।

इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको गत शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो ।

मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । जुन कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ ।

शुक्रबार भएको यस सैन्य कारबाहीपछि उत्तेजकरुपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन् । चीन, रुस र सिरियाले यस हवाई आक्रमणको आलोचना गरेका छन् ।

jackson ribon