birat ribon

इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प

Neuro
इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसिया २२ पुस । इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार ६.२ म्याग्नीच्युडको भूकम्प आएको छ ।

Padelux insider
cura insider

शक्तिशाली भूकम्प आएपनि क्षति भएको विवरण भने आएको छैन् । यस्तै सुनामीको चेतावनी पनि जारी गरिएको छैन् ।

अमेरिकी भूगर्भ विभागकाअनुसार सुमात्रादेखि पश्चिमतर्फ पर्ने सिमेउलु टापुमा केन्द्रविन्दु भएर भूकम्प आएको हो । इन्डोनेसियाली मौसम तथा भूभौतिक विभागले पनि सुनामीको चेतावनी नरहेको स्पष्ट पारेको छ ।

कुनै मानवीय क्षति र भौतिक संरचना क्षतिको विवरण अहिलेसम्म प्रान्त नभएको अधिकारीहरुले जनाएका छन् ।

इन्डोनेसियामा यस्ता भूकम्प, ज्वालामुखी र आँधी बेला बेलामा आइरहने गरेको छ । यसअघि सन् २०१८ मा सुलावेसी टापूमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र सुनामीका कारण २२ सय भन्दाबढीको मृत्यु भएको थियो । १ हजारभन्दा बढी बेपत्ता भएका घोषणा गरिएको थियो ।

jackson ribon