birat ribon

‘गोल्डेन ग्लोब’मा उत्कृष्ट अभिनेता बने ज्वाक्विन फिनिक्स

Neuro
‘गोल्डेन ग्लोब’मा उत्कृष्ट अभिनेता बने ज्वाक्विन फिनिक्स

विराटनगर, २२ पुस । सन् २०१९ को ‘गोल्डेन ग्लोब’मा उत्कृष्ट अभिनेताको अवार्ड ज्वाक्विन फिनिक्सले हात पारेका छन् । यस वर्षको १ विलियन डलर कमाउन सफल भएको सुपरहिट फिल्म ‘जोकर’का लागि उनलाई अवार्ड दिइएको हो ।

Padelux insider
cura insider

गोल्डेन ग्लोबलाई अधिकांश मानिसहरूले ओस्करको प्रिभ्यु भन्ने गरेको पाइन्छ । ज्वाक्विन फिनिक्सले यस वर्ष ओस्कर पाउने सम्भावना धेरै रहेको पनि देखिन्छ । उनले यसै वर्षको क्यान फिल्म फेस्टिभलमा पनि उनी उत्कृष्ट अभिनेता घोषित भएका थिए । उनले क्यान फिल्म फेस्टिभलमा ‘पेन एन्ड ग्लोरी’का एन्टोनियो बेन्डेरस र ‘फोर्ड भर्सेस फरारी’का क्रिस्चियन बेललाई पछि पारेर उत्कृष्ट अभिनेता बन्न सफल भएका हुन् ।

sdf

अक्टोवरमा प्रदर्शनमा आएको हलिउड फिल्म ‘जोकर’ ‘एभेन्जर्स इन्डगेम’पछि सर्वाधिक चर्चामा रहेको फिल्म बनेको छ । फिल्ममा ज्वाक्विन फिनिक्सले आर्थर फ्लेकको भूमिका निर्वाह गरेका छन् । उनको यो भूमिकाले निकै प्रशंसा कमाएको छ । भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको फिल्मलाई करिब ८ मिनेट लामो ‘स्ट्यान्डिङ ओवेशन’ समेत दिइएको थियो ।

jackson ribon