birat ribon

युरोपियन लिगमा रोनाल्डो सर्वाधिक ह्याट्रिककर्ता, मेस्सी पछि–पछि

Neuro
युरोपियन लिगमा रोनाल्डो सर्वाधिक ह्याट्रिककर्ता, मेस्सी पछि–पछि

एजेन्सी, २२ पुस । युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २००८ यता युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक ह्याट्रिककर्ता बनेका छन् । सोमबार राति सिरी ‘ए’ अन्तर्गत युभेन्टसलाई शानदार जित दिलाउन ह्याट्रिक गरेका रोनाल्डो सर्वाधिक ह्याट्रिककर्ताको सूचीमा आफ्ना खास प्रतिद्वन्द्वी लियोनल मेस्सीलाई पछि पारेका छन् ।

Padelux insider
cura insider
a

पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सोमबार आफ्नो करिअरको ५६औं ह्याट्रिक पूरा गरेका थिए । १० फरक प्रतिस्पर्धामा ह्याट्रिक गर्ने रेकर्ड बनाएका ३४ वर्षीय रोनाल्डो २००८ यता युरोपियन शीर्ष पाँच लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी बने ।

‘ओप्टा’का अनुसार रोनाल्डोले सन् २००८ को जनवरीदेखि हालसम्म युरोपियन लिगमा ३६ ह्याट्रिक गरेका छन् । दोस्रो स्थानका मेस्सीले ३४ ह्याट्रिक गरका छन् । रोनाल्डो मेस्सीभन्दा २ वटा ह्याट्रिकले अगाडि छन् ।

१६ ह्याट्रिकसहित तेस्रो स्थानमा बार्सिलोनाकै लुइस स्वारेज हुँदा चौथो स्थानमा सर्जियो अगुएरो छन् । अगुइएरोले १२ ह्याट्रिक गरेका छन् भने समान १२ ह्याट्रिकसहित मारियो गोमेज पाँचौं स्थानमा छन् ।

यस ह्याट्रिकसँगै उनले १० फरक तथा आधिकारिक प्रतिस्पर्धामा ह्याट्रिक गर्ने एक्लो खेलाडी बनेका छन् । रोनाल्डोले सिरी ‘ए’का साथै, प्रिमियर लग, ला लिगा, कोपा डेल रे, च्याम्पियन्स लिग, क्लब विश्व कप, यूइएफए नेशन्स लिग, विश्वकप क्वालिफायर्स, युरो क्वालिफायर्स र विश्व कप गरी १० फरक प्रतिस्पर्धामा ह्याट्रिक गरेका छन् ।

उनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छँदा एउटा ह्याट्रिक गरेका थिए भने रियल मड्रिडबाट ४४ वटा ह्याट्रिक गरेका छन् । त्यसपछि युभेन्टस गएका रोनाल्डाले २ वटा ह्याट्रिक गरेका छन् । यता, आफ्नो राष्ट्र पोर्चुगलका लागि रोनाल्डोले ९ वटा ह्याट्रिक गरेका छन् ।

jackson ribon