birat ribon

जाडोमा चिसो लाग्नबाट बच्नका लागि मेथीको साग

Neuro
जाडोमा चिसो लाग्नबाट बच्नका लागि मेथीको साग

विराटनगर, २२ पुस । खानपानमा सामान्य ध्यान दिँदा पनि जाडोमा चिसोबाट बच्न सकिन्छ । जाडोमा धेरै भोक लाग्ने गर्छ । शरीरलाई तातो र न्यानो बनाउने खानेकुराको सेवन गर्न मन लाग्छ । तर, भोक लाग्यो भन्दैमा जथाभावी खानुभन्दा पनि स्वस्थ खाना खानु पर्छ ।

Padelux insider
cura insider

जाडोको मौसममा शरीरलाई न्यानो राख्न सक्ने, शरीरमा तापक्रम बढाउने खानपानमा अलिकति जोड दिँदा शरीरले जाडो महसुस गर्नुपर्दैन । जाडो महिनामा शरीरलाई तातो बनाउनका लागि प्रशस्त सागसब्जी तथा मौसमी फलफूलको सेवन गर्नुपर्छ । रायो, तोरी, चम्सुर पालुंगोजस्ता साग जाडोको समयमा उत्पादन हुने भएकाले मौसमी सागले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउने गर्छ ।

त्यतै, जाडोमा पाइने मेथीको साग स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ । मेथीको सागमा प्रशस्त रूपमा फाइबर पाइने हुँदा यसको सेवनले पाचन प्रक्रियालाई सक्रिय बनाएर कब्जियत, अपच तथा ग्याष्ट्रिक जस्ता पेटसम्बन्धी रोगहरूमा फाइदा पुर्‍याउँछ । यसको सेवनले शरीरको अनावश्यक बोसोलाई पगालेर तौल नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

मेथीको सागले चिसोबाट बचाउँछ । मेथीको सागलाई दैनिक रूपमा नियमित सेवन गर्दा रुघाखोखी लाग्नबाट जोगाउन मद्दत गर्छ । मेथीको सागले मधुमेह, उच्च रक्तचाप, हृदयघात तथा मुटुसम्बन्धी रोगहरू लाग्न दिँदैन वा रोग लागिसकेका बिरामीहरूलाई फाइदा गर्छ । बारम्बार पिसाब आउने समस्या भएका व्यक्तिहरूलाई पनि मेथीको सागले फाइदा पुर्‍याउँछ । मेथीको साग कपाल तथा छालाको चमक बढाउन मद्दत गर्छ ।

मेथीको पातलाई पिसेर कपालमा लगाउँदा कालो, बाक्लो र चमकदार बनाएर कपाल झर्नबाट रोक्ने गर्छ । यसलाई पिसेर अनुहारमा लगाउँदा छाला सुख्खा हुनबाट बचाउने गर्छ । मेथीको पातलाई पिसेर निकालिएको रसलाई प्रत्येक दिन सेवन गर्दा पेटको किराको समस्या कम हुन्छ ।

jackson ribon