birat ribon

पीएसजीसँग नयाँ सम्झौता गर्दै नेयमार

Neuro
पीएसजीसँग नयाँ सम्झौता गर्दै नेयमार

एजेन्सी, २२ पुस । पछिल्लो समय ला लिगा फर्किने विषयमा चर्चामा रहेका ब्राजिलियन स्टार नेयमार वर्तमान क्लब पेरिस सेन्ट र्जोन (पीएसजी)सँग नयाँ सम्झौताका लागि तयार भएका छन् ।

Padelux insider
cura insider

फ्रान्सेली मिडिया ‘पर ले पेरिसियन’का अनुसार पूवक्लब बार्सिलोनाका साथै रियल मड्रिड सरुवा हुन सक्ने चर्चाका बीच नेयमार पीएसजीसँग नयाँ सम्झौताका लागि तयार भएका हुन् । २७ वर्षीय नेयमार पीएसजीको नयाँ सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको ‘पर ले पेरिसियन’ले जनाएको छ ।

नेयमार पछिल्लो समय बार्सिलोना, रियल मड्रिडका साथै इटालियन क्लब युभेन्टससँग पनि जोडिएका थिए । तर, सरुवाको विषयमा चर्चामा रहेकै बेला नेयमार पीएसजीसँग सम्झौता लम्ब्याउन तयार रहेको समाचारमा उल्लेख गरिएको छ ।

jackson ribon