birat ribon

रोनाल्डोका यी १० उत्कृष्ट ह्याट्रिक

Neuro
रोनाल्डोका यी १० उत्कृष्ट ह्याट्रिक

एजेन्सी २२ पुस । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको ५६औं ह्याट्रिक पूरा गरे । सोमबार राति सिरी ‘ए’ अन्तर्गत युभेन्टसलाई शानदार जित दिलाउन ह्याट्रिक गरेका रोनाल्डोले १० फरक प्रतिस्पर्धामा ह्याट्रिक गर्ने रेकर्ड बनाए ।

Padelux insider
cura insider

३४ वर्षीय रोनाल्डोले सिरी ‘ए’का साथै, प्रिमियर लग, ला लिगा, कोपा डेल रे, च्याम्पियन्स लिग, क्लब विश्व कप, यूइएफए नेशन्स लिग, विश्वकप क्वालिफायर्स, युरो क्वालिफायर्स र विश्व कप गरी १० फरक प्रतिस्पर्धामा ह्याट्रिक गरेका छन् ।

यी हुन् रोनाल्डोका १० उत्कृष्ट ह्याट्रिक:

१०. म्यानचेस्टर युनाइटेड भर्सेस् न्यूकास, २००८

युनाइटेडबाट खेल्दा रोनाल्डोले न्यूकासलविरुद्ध करिअरको पहिलो ह्याट्रिक गरेका थिए । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छँदा एउटा मात्र ह्याट्रिक गरेका थिए । उक्त खेलमा युनाइटेडले न्यूकासलविरुद्ध ६–० गोलको फराकिलो जित निकालेको थियो ।

९. रियल मड्रिड भर्सेस् ग्रानडा, २०१५

रियल मड्रिडबाट ९ वर्ष खेलेका हुने ग्रानडाविरुद्ध उत्कृष्ट ह्याट्रिक गरेका थिए । उनले यस खेलमा ह्याट्रिकसहित पाँच गोल गरेका थिए । जसमा रियलले ९–१ गोलान्तरको जित निकालेको थियो । उनले २४ मिनेटको अन्तरमा चार गोल गरेका थिए । उनले रियल मड्रिडबाट ४४ वटा ह्याट्रिक गरेका छन् ।

८. इस्पान्योल भर्सेस् रियल मड्रिड, २०१५

ग्रानडाविरुद्ध ह्याट्रिकसहित पाँच गोल गरेका उनले सोही वर्ष भएको इस्पान्योलसँगको खेलमा पनि समान गोल गरेका थिए । एक असिस्ट गरेका उनले इस्पान्योलविरुद्ध पाँच गोल गरेका थिए । जसमा रियलले ६–० गोलको जित निकालेको थियो । यस खेलमा उनले २० मिनेटभित्र ह्याट्रिक गरेका थिए ।

७. पोर्चुगल भर्सेस् स्वीस्ट्जरल्याण्ड, २०१९

रोनाल्डोले यूइएफए नेशन्स लिगअन्तर्गत सेमिफाइनलको खेलमा स्वीट्जरल्याण्डविरुद्ध ह्याट्रिक गरेका थिए । उक्त खेलमा पोर्चुगलले ३–१ गोलको जित निकालेको थियो । जसमा, रोनाल्डो नायक बनेका थिए । आफ्नो राष्ट्र पोर्चुगलका लागि रोनाल्डोले ९ वटा ह्याट्रिक गरेका छन् ।

६. पोर्चुगल भर्सेस् स्पेन, २०१८

रसिया विश्वकपअन्तर्गत उनले स्पेनसँगको खेलमा पनि नायकको भूमिका निभाए । समूह चरणको खेलमा रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल स्पेनसँग हारबाट बचेको थियो । सो खेल ३–३ गोलको बराबरीमा रोकिएको थियो ।

५. रियल मड्रिड भर्सेस् वोल्फबर्ग, २०१६

च्याम्पियन्स लिगअन्तर्गत पहिलो लेगमा हार ब्यहोरेको रियल मड्रिडका लागि रोनाल्डोले ह्याट्रिक गरेका थिए । जसकारण रियल अघिल्लो चरणमा प्रवेश गरेको थियो ।

४. रियल मड्रिड भर्सेस् बायर्न म्युनिख, २०१७

च्याम्पियन्स लिगकै क्वार्टरफाइनल खेलमा बायर्नविरुद्ध रोनाल्डो ह्याट्रिक गरेका थिए । आफ्नै मैदानमा भएको उक्त खेलमा उनले ७६औं मिनेट, १०४ मिनेट र १०९ मिनेटमा एक–एक गोल गरेका थिए । जसकारण रियलले सेमिफाइनलमा स्थान बनाएको थियो ।

३. रियल मड्रिड भर्सेस् एथ्लेटिको मड्रिड, २०१७

बायर्न म्युनिखलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको रियलले सेमिफाइनलमा एथ्लेटिको मड्रिसँग भेट गरेको थियो । जसको पहिलो लेगको खेलमा रोनाल्डोको ह्याट्रिकको सहायताले नै रियलले फाइनलमा स्थान बनाएको थियो । र, फाइनलमा उसले युभेन्टसलाई हराउँदै उपाधि उचालेको थियो । उपाधि भिडन्तमा पनि रोनाल्डोले २ गोल गरेका थिए ।

२. युभेन्टस भर्सेस् एथ्लेटिको मड्रिड, २०१९

रियल छोडेर युभेन्टस गएका उनले स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग अघिल्लो सिजनको च्याम्पियन्स लिगमा भेट गरेका थिए । अन्तिम १६ को खेलको पहिलो लेगमा एथ्लेटिकोले जितेपछि दवावमा रहेको युभेन्टसका लागि रोनाल्डो नायक साबित भए । युभेन्टसको मैदानमा भएको खेलमा एथ्लेटिकोलाई ३–० गोलले हराउँदा रोनाल्डोले ह्याट्रिक गरेका थिए । रोनाल्डाले युभेन्टसबाट २ वटा ह्याट्रिक गरेका छन् ।

१. स्वीडेन भर्सेस् पोर्चुगल, २०१४

सन् २०१४ को विश्वकप क्वालिफायरमा रोनाल्डो चम्किँदा पोर्चुगलले जित निकालेको थियो । उक्त खेलमा २–१ गोलले पछि परेको अवस्थामा रोनाल्डोले २ मिनेटको अन्तरमा २ गोल गरेका थिए । खेलको ५०औं मिनेटमा रोनाल्डोले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, ज्लाटन इब्राहिमोभिकले ६८औं मिनेट र ७२औं मिनेटमा गोल गर्दै खेलमा २–१ गोलको अग्रता बनाएका थिए । तर, ७७औं मिनेट र ७९औं मिनेटमा गोल गरी रोनाल्डोले पोर्चुगललाई जिताएका थिए ।

jackson ribon