birat ribon

थिएटर र म्युजियम जाँदा मानिसको आयु बढ्ने

Neuro
थिएटर र म्युजियम जाँदा मानिसको आयु बढ्ने

विराटनगर, २२ पुस । थिएटर, म्युजियम वा ग्यालरीहरू जाँदा मानिसहरूको आयु बढ्ने अध्ययनले देखाएको छ । युनिभर्सिटी कलेज लन्डनले अनुसन्धानको क्रममा इङ्गल्यान्डका छ हजारजना ५० वर्षमाथिका मानिसहरूमा अध्ययन गरेको हो ।

Padelux insider
cura insider
sdf

जति धेरै कलासम्बन्धी गतिविधिमा सम्मिलित भयो, त्यति धेरै सुस्वास्थ्य र दीर्घायुमा सहयोग हुने अध्ययनले निष्कर्ष निकालेको छ । बीएमज जर्नलमा प्रकाशित गरिएको उक्त अनुसन्धानमा संग्लग्न अनुसन्धानकर्ता तथा विश्वविद्यालयका व्यवहारिक विज्ञान र स्वास्थ्य अनुसन्धान विभागका प्रमुख डेसी फानकोर्टका अनुसार चुरोट, रक्सीको सेवन तथा व्यायाम निश्चय नै स्वास्थ्यसँग सम्बन्धित भए पनि फुर्सदमा गरिने गतिविधिहरूले समेत सुस्वास्थ्य र दीर्घायु बन्न सहयोग पुग्ने बताएका छन् ।

सन् २००४ देखि २००५ सम्म एक वर्षको समयमा अनुसन्धानकर्ताहरूले कला प्रदर्शनी, कन्सर्ट र ओपरा जाने व्यक्तिहरूको तथ्याङ्कत सङ्क लन गरी त्यसको लगभग १२ वर्षपछि संयुक्त अधिराज्यको राष्ट्रिय स्वास्थ्य सेवाबाट मृत्युको तथ्याङ्कग निकालिएको थियो । कलामा संलग्नता र दीर्घायुको सम्बन्ध पत्ता लगाउन अध्ययनमा म्युजियम, प्रदर्शनी वा ग्यालरी जान्छ वा जाँदैन भन्ने अध्ययन गरिएको थियो ।

कलामा संलग्नता र दीर्घायुबीच मात्र ९५ सम्बन्ध रहेको र त्यसबाहेक ज्ञानको स्तर, सामाजिक र नागरिक संलग्नता, मानसिक स्वास्थ्य, यात्रा, अपाङ्गजता र भेदभावको भूमिका रहेको देखिएको छ । यसमा चलचित्र हेर्ने गतिविधिलाई भने समावेश गरिएको छैन । कलामा संलग्न हुनाले तनाव घट्ने हुँदा परिवर्तित परिस्थितिमा मानिसले आफूलाई ढाल्न सिर्जनशील बनाउन सक्ने हुन्छ र भावनात्मक सूचना तथा सहयोग प्राप्त गरी आयु बढाउन मद्दत गर्ने अध्ययनले देखाएको छ ।

jackson ribon