६ महिनाको साइकल यात्रा गरेर सगरमाथा चढ्न आएका यी व्यक्ति

विराटनगर, २२ पुस । मानिसहरू आफूले मनपरेको कामलाई यादगार बनाउनका लागि विभिन्न उपायहरू अपनाउने गरेको देखिन्छ । त्यस्तै, स्वीडेन निवासी गोरान क्रोप एक चर्चित पर्वतारोही हुन्, जसले आफ्नो सगरमाथा आरोहनलाई रोमाञ्चक बनाएर चर्चामा रहेका छन् ।

सन् १९९६ मा १३ हजार किलो मिटर साइकलमा चढेर स्वीडेनबाट नेपाल आएका गोरानले अक्सिजनविना नै सगरमाथा चढेर फेरि साइकल चलाएर नै स्वदेश फर्किएका हुन् । गोरान ६ वर्षका हुँदादेखि नै पर्वतारोहणमा निकै रुची राख्न थालेपछि उनका बुवाले त्यसबेला नै उनलाई समुन्द्री सतहबाट ८१०० मिटर अग्लो नर्वेको गाल्डोपिगन पर्वत लिएर गएका थिए ।

स्वीडेनको सेनामा पाराशुट रेन्जरका रूपमा समेत काम गरेका गोरानले त्यसपछि विश्वका सर्वाधिक चुनौतिपूर्ण हिमालहरू आरोहण गर्नतर्फ लागेका हुन् । उनले चुनौतिपूर्ण लेनिन चुचुरो, कोटोपाक्सि, इलाम्पू, हुयाना पाटोसीजस्ता हिमालहरू चढेर भ्याए ।

त्यसपछि उनको सपनाको चुचरो सगरमाथाको आरोहणलाई विशेष बनाउन चाहन्थे । अक्टोबर १६ सन् १९९५ मा स्टकहोमबाट गोरानले आफ्नो साइकलमा सगरमाथा आरोहण गर्ने लक्ष्यका साथ नेपालतर्फको यात्रा सुरु गरेका थिए । उनले चलाउने साइकल विशेषगरी डिजाइन गरिएको क्रिसेन्ट अल्टिमा साइकल थियो ।

२३८ पाउण्डको भारीका साथ उनले स्क्यान्डेनेभियन सागर तरेर मध्यपूर्व एसिया, म्सोपोटामिया हुँदै एसिया प्यासिफिक हुँदै नेपाल छिरेका थिए । सन् १९९६ को अप्रिलमा १३ हजार किमी साइकल कुदाएर लगभग ६ महिनापछि गोरान नेपाल आइपुगेका थिए । गोरानले सगरमाथा विनाअक्सिजन, विना कुनै शेर्पा गाइड, क्यान खानेकुरा र याकको सहायताविना नै चुनौति लिएर चढे र सफलता हासिल गरे ।

गोरानले आफूले अहिलेसम्म नलिएको जोखिम लिएर आफ्नै शक्ति र सामर्थ्यको बलमा सगरमाथा चढ्न चाहन्थे र उनले आफ्नो सपना पूरा पनि गरे । गोरान सगरमाथा बेस क्याम्प आएका दिन ८ जना आरोहीहरूले आरोहणका क्रममा ज्यान गुमाएका थिए, त्यसैदिन उनले आरोहीहरूको उद्धार र मेडिकल सहयोगमा पनि सामेल भएका थिए ।

गोरानकी श्रीमती रेनाटा चुमस्का पनि सगरमाथा आरोहण गर्ने प्रथम स्वीडिश महिला हुन् । सेप्टेम्बर ३० सन् २००२ मा फ्रान्सको पर्वत आरोहणका क्रममा लडेर उनको ३५ वर्षमा मृत्यु भयो । उनले आफ्नो जीवनमा जोखिम र पर्वतारोहणको नयाँ साहस दिएर गएका हुन् । –एजेन्सीको सहयोगमा

Loading...