birat ribon

‘म यस्तो गीत गाउँछु २’को ‘दुःखको काँडा’ सार्वजनिक हुँदै

Neuro
‘म यस्तो गीत गाउँछु २’को ‘दुःखको काँडा’ सार्वजनिक हुँदै

विराटनगर, २२ पुस । ‘म यस्तो गीत गाउँछु २’को दोश्रो गीत सार्वजनिक हुने भएको छ । फिल्मकी मुख्य अभिनेत्री पूजा शर्माले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट तस्बिर सार्वजनिक गर्दै गीत पुस २५ गते बिहीबारको दिन सार्वजनिक हुन आँटेको जानकारी दिएकी छन् ।

Padelux insider
cura insider

‘दि भ्वाइस अफ नेपाल–२’को टप ४ मा पर्न सफल गायक सनिश श्रेष्ठको स्वरमा ‘दुःखको काँडा’ बोलको गीत सार्वजनिक हुन आटेको हो । अर्जुन पोखरेलको संगीत रहेको गीतमा सनिशको स्वरले गीत झनै दमदार बनेको बताइएको छ । सनिशले पनि फिल्ममा गीत गाउन पाउँदा आफ्नो खुशी व्यक्त गरेका छन् ।

सुदर्शन थापाको निर्देशनमा बनेको फिल्मको छायाकंन सकिसकेको छ । फिल्मको पोस्ट प्रोडक्सनमा काम भइरहेको छ । ‘म यस्तो गीत गाउँछु २’लाई यसपटक सांगीतिक कथावस्तुमा निर्माण गर्न लागिएको निर्देशक सुदर्शनले बताए ।

प्रेम कथामा आधारित भएर निर्माण फिल्ममा सुदर्शन र पूजा शर्मा निर्माता हुन् भने जन्मजय साम्पाङ राइ फिल्मको सह–निर्माता हुन् । फिल्म फागूणको २३ गतेबाट प्रदर्शन हुने भएको छ । फिल्मलाई सौरभ लामाले छायांकन गरेका हुन् । ‘म यस्तो गीत गाउँछु’को भन्दा धेरै फरक हुने निर्देशकको दाबी छ ।

jackson ribon