birat ribon

लुका मोड्रिक डीसी युनाइटेड जाने संकेत

Neuro
लुका मोड्रिक डीसी युनाइटेड जाने संकेत

एजेन्सी, २२ पुस । स्पेनिस रियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिडले अमेरिकन क्लब डीसी युनाइटेड जाने संकेत देखाएका छन् । मेजर लिग सकर क्लब डिसी युनाइटेड क्रोएशियाका स्टार मोड्रिकप्रति इच्छा जाहेर गरेपछि उनी प्रस्ताव स्वीकार्न इच्छुक देखिएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

Padelux insider
cura insider

‘एमएलएस सकर’का अनुसार बालोन डी‘ओर विजेता मोड्रिक भित्र्याउने योजनामा छ । यसका लागि उसले रियलसँग पनि कुरा गरिरहेको बताइएको छ । डीसीको प्रस्तावनालाई लिएर सकारात्मक भएका कारण डी युनाइटेडले रियलसँग प्रक्रिया थालेको समाचारमा जनाइएको छ ।

मोड्रिक र रियलको सम्झौता सकिन अब केही समय छ । रियलका लागि सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी क्लबका भरपर्दा मिडफिल्डर हुन् । ३४ वर्षे स्टार मोड्रिकले यो सिजन रियलका लागि ला लिगामा १४ खेल खेल्दा ३ गोल गरेका छन् । उनी २०१८ का बालोन डी‘ओर विजेता हुन् ।

डीसी त्यही क्लब हो, जसले २ वर्षअघि स्टार फुटबलर वायन रोनीलाई अनुबन्धित गरेर सबैलाई चकित तुल्याएको थियो ।

jackson ribon