birat ribon

डेट जाँदा बिल तिर्ने कसले ?

Neuro
डेट जाँदा बिल तिर्ने कसले ?

विराटनगर, २२ पुस । आजकल प्रेममा पर्ने अधिकाशं जोडीहरू डेटिङ जाने गर्छन् । सामान्य भेटघाटलाई डेटिङको नाममा परिवर्तन भएपछि डेटिङमा गरिएको खानपान तथा खर्चको बिल प्रायः पुरुषले नै तिर्ने गरेका हुन्छन् ।

Padelux insider
cura insider
af

कतिपय अवस्थामा डेटिङमा खर्च भएको बिल पुरुषले नै तिर्नुपर्ने मान्यता रहँदै आएपनि कसैको रोजगारमा बढी पुरुष भएकोले प्रेमिकासँग पैसा नहुने कारणले पुरुषहरूले बील गरेका हुन्छन् । तर, बिल कसले तिर्नुपर्छ ?

अहिले समाजमा महिला र पुरुष बराबर छन् भन्ने सोचको विकास भइरहेको बेला डेटिङमा सकेसम्म दुवैजनाले बिल तिर्नु उपयुक्त मानिन्छ । डेट गरेको हरेक खर्चको आधाआधा गर्नुभन्दा पनि एक पटकको कुनै एक (प्रेमी अथवा प्रेमिका)ले बिल तिर्ने राम्रो मानिन्छ । यस्तो गर्दा डेटमा कोही एक जनाको मात्र खर्च हुँदैन । साथै, पैसा तिरेका कारण कुनै स्वार्थपूर्ति गर्नबाट समेत बचाउन सक्छ ।

तर, पैसा तिर्ने पर्छ भन्दैमा जागिर नभएको वा पैसा नभएको अवस्थामा बिल तिर्नुपर्छ भन्ने पनि होइन । जोसँग पैसा छ उसैले बिल तिर्दा हुन्छ । यसो गर्दा माया र सम्मान बराबर हुने गर्छ । कतिपय प्रेमिकाहरू डेटमा गएको बेला प्रायः आफ्ना प्रेमीलाई खर्च गराउन लगाउँछन् । डेटमा खर्च गराउनुका साथै सपिङ र आफ्नो मन परेको सामानहरू किन्न लगाउँछन् ।

तर, प्रेमिकाहरूले ख्याल गर्नुपर्ने कुरा के हो भने यसो गर्दा पुरुषलाई आर्थिक भार पर्नुका साथै आफ्नो प्रेमिकाप्रतिको भावना पनि नकारात्मक बनेर जान सक्छ । पुरुषले यस्तो प्रकारको खर्च गरेपछि त्यसबाटै आफ्नो स्वार्थ पूरा गर्न प्रेमिकालाई विभिन्न खालको दवावसमेत दिने गरेको पाइन्छ । त्यसैले डेटमा रहेको बेला प्रेमीको चाहाना बाहिर गएर कुनै वस्तु खरिदका लागि दवाव दिनु राम्रो हुँदैन ।

उत्कृष्ट सम्बन्धका लागि प्रेमी–प्रेमिकाको आत्मीयता र भावना मिल्नु महत्त्वपूर्ण हो । त्यसकारण महिलाहरूले आफूलाई चाहिने सामग्रीहरू आफैँ किन्नु उत्तम हुन्छ, यसले उनीहरूलाई आत्मनिर्भर हुन पनि सिकाउँछ । त्यसैले डेटमा जादाँ आएको बिल प्रेमी र प्रेमिकाले पालै पालो वा मिलेर तिर्नु पर्छ ।

jackson ribon