काठमाडौं, २२ पुस । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । निरन्तर उकालो लागेको सुन–चाँदीको मूल्य आज ५ सयले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन ७५ हजार २ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा ५ सयले बढेर ७६ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यसअघि आइतबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको थियो ।