birat ribon

यस्तो भएमा दिनभर अल्छी लाग्छ

Neuro
यस्तो भएमा दिनभर अल्छी लाग्छ

विराटनगर २२ पुस । दिनभर थकाई लाग्ने वा अल्छि लाग्ने विभिन्न कारणले हुन्छ । कार्यालयमा काम गर्दा होस् वा घरायसी काममा मन नजाने हुँदा कार्य क्षमतामा समेत कमि आइरहेको हुन्छ ।

Padelux insider
cura insider

राती आरामले प्रशस्त निदाएपनि यस्तो भइरहेको छ भने अन्य कुरामा ध्यान दिनु पर्छ । साना साना कुरामा ध्यान नदिँदा पनि यस्तो भइरहेको हुन सक्छ ।

जाडो महिनामा हामीमध्ये धेरैले कममात्रै पनि पानी पिउने गर्छौं । शरीरमा पानीको मात्रा कम भएमा यसले तपाईंलाई थाकेजस्तो बनाउँछ, दिनभर नै अल्छि लागिरहन्छ । यसैले गर्दा पानी पर्याप्त पिउने गर्नु पर्छ ।

अनि यस्तो समस्या हटाउन मन भए प्रसस्त मात्रामा आइरन भएका खानेकुरा खानु पर्छ । यसकालागि गेडागुडि, हरियो सागसब्जी तथा अण्डा खाने गर्दा हुन्छ । रगतमा आइरनको मात्रा कम हुँदा शरीर भर अक्सिजनको प्रवाह कम हुने हुँदा थकित बनाउँछ ।

बिहान नास्ता खाने गरेमा पनि यो समस्या कम हुने विज्ञहरुले बताए । बिहानको नास्ताले मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ ।

मन लाग्दा व्यायाम गर्ने र मन नलाग्दा नगर्ने आदत भएकाहरुलाई अल्छिपनाले सताउने गर्छ । त्यसैले ब्यायाम नियमित गर्नु पर्छ ।

jackson ribon