birat ribon

मधुमेहका बिरामीलाई जुस भन्दा फलफुल उपयुक्त

Neuro
मधुमेहका बिरामीलाई जुस भन्दा फलफुल उपयुक्त

Padelux insider
cura insider

विराटनगर २२ पुस । मधुमेह दीर्घकालीन स्वास्थ्य समस्या भएको हुँदा उचित आहारको सन्तुलन, ठिक्क ब्यायाम गरे यसलाई नियन्त्रण गर्न सकिन्छ ।

मुखको क्षणिक स्वादका कारणले जीवनभर पछुताउनु भन्दा खानामा ख्याल गर्नु नै बुद्धिमानी हुन्छ । मधुमेहका रोगीले विभिन्न खाना खान छोड्नु भन्दा पनि रगतमा चिनीको मात्रा छिटो बढाउने खाना नखानु नै उपयुक्त हुन्छ ।

मधुमेह भएका मानिसहरूले सब भन्दा ध्यान दिनु पर्ने कुरा के हो भने उनीहरूले बढी चिनी भएका खानेकुरा वा काइब्रोहाइड्रेट खानु हुँदैन् । फाइबरयुक्त खानेकुरालाई प्राथमिकता दिनुपर्छ । तर, त्यसो भन्दैमा काब्रोहाइड्रेट भएका खानेकुरा छोड्नै पर्छ भन्ने होइन ।

शरीरले आफै पचाउन नसक्ने हुदा कर्बोहाइड्रेट भएका खानेकुरा खादा व्यायाम गरेर पचाउनु पर्ने हुनसक्छ ।

मधुमेहको समस्या भएका व्यक्तिहरूले फलफूल खान सक्ने भए पनि फलफूलको जुस भने पिउनु हुँदैन । फलफलूलको जुसमा चिनीमात्र हुने भएकाले व्यायाम गर्दा पनि यसलाई शरीरले पचाउन सक्दैन । सुगर ब्यालेन्स गर्नका लागि फाइबर भएकै खानेकुरा खानु पर्छ ।

त्यसैले पनि मधुमेह भएका व्यक्तिहरुले जुस भन्दा फलफूलमा बढी जोड दिएको राम्रो हुन्छ ।

फलफूल खाँदा पनि मात्रालाई ध्यानमा राखेर खानुपर्छ । मधुमेह भएकाहरूले अंगुर, तरबुजा, आँप, गुलियो सुन्तला र केरा धेरै खानु ठिक हुँदैन ।

jackson ribon