birat ribon

पत्रपत्रिकामा देश : गुप्तचरले जोसुकैको फोन रेकर्ड गर्न र इमले, एसएमएस पढ्न सक्ने कानून संसद्मा

Neuro
पत्रपत्रिकामा देश : गुप्तचरले जोसुकैको फोन रेकर्ड गर्न र इमले, एसएमएस पढ्न सक्ने कानून संसद्मा

विराटनगर २२ पुस । सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रताको हक जोखिममा परेको भन्दै विरोध भइरहँदा सरकारले संसदमा दर्ता गराएको अर्काे विधेयकले गोपनीयताको हक हनन हुने चिन्ता बढेको छ ।

Padelux insider
cura insider

नयाँ पत्रिका दैनिकले यही समाचारलाई मुख्य समाचार बनाएको छ । नेपाल विशेष सेवा विधेयकमा राष्ट्रिय अनुसन्धान विभागले कसैको अनुमतिविना नै जो सुकैको फोन गोप्यरुपमा सुन्न र रेकर्ड गर्न सक्ने प्रावधान राखिएको छ ।

विशेष सेवा गठन र सञ्चालनसम्बन्धी विधेयक पारित भएमा सरकारी अधिकारीले निगरानी राख्न चहेमा व्यक्तिको फोन सुन्न, संदिग्ध वा निगरानीमा रहेका व्यक्ति, संघसंस्था इमेल पढ्न र रेकर्ड राख्न सक्ने छ । विधेयकको दफा १० मा यस्तो व्यवस्था छ ।

यस्तो कानूनीको विषयमा विश्वभर विवाद रहेको छ । भारतमा यस्तो अधिकारलाई सत्ता पक्षले सधै दुरुपयोग गर्दै आएको छ । भारतमा बलिवुड स्टार अमिताभ बच्चनको समेत टेलिफोन संम्बाद ट्याप गरिएको थियो ।

यस्तै भारतमा चार वर्षअघि खारेज भएको कानून नेपाली संसदमा रहेको छ । सूचना प्रविधि विधेयक मा रहेको सामाजिक सञ्जालको माध्यमबाट गाली बेइज्जती गर्नेलाई कानूनी कारवाही गर्ने दफा भारतीय सर्वाेच्च अदालतले खारेज गरिदिएको छ । तर नेपालमा भने यही दफा सहित विधेयक संसदमा टेबल भएको छ ।

नागरिक दैनिकले यही समाचारलाई सामाजिक सञ्जाल दुरुपयोगमा जन्मकैदको त्रास शिर्षकमा मुख्य समाचार बनाएको छ ।

संसदमा दर्ता भएको सूचना तथा प्रविधिको सम्बन्धमा बनेको धिेयक जस्ताको तस्तै पारित भए कसैले सामाजिक सञ्जा वा विद्युतीय प्रणालीमार्फत राज्यविरुद्धको अपराध हुने खालको कुरा उल्लेख गरे अधिकतम जन्मकैदसम्मको सजाय हुने देखिएको छ ।

विधेयकको दफ ९६ उपदफा २८ मा राज्यविरुद्धको अपराध गर्नेलाई जन्मकैदको सजाय गर्न सकिने उल्लेख छ ।

कान्तिपुर दैनिकमा पूचनाु प्रविधि विधेयकबारे कानूनविद् भन्छन् संविधान र शक्तिपृथकिकरण विपरीत शिर्षकमा मुख्य पृष्ठमा यो समाचार छ ।

कान्तिपुर दैनिकले इराकबाट ७ नेपाली फर्किएको समाचार मुख्य बनाएको छ । इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ आफ्नो देश फर्काउन थालिएको हो । क्याम्पभित्र करिब २ सय नेपाली कार्यरत छन् ।

jackson ribon