विराटनगर, २२ पुस । इंग्लिस एफए कपअन्तर्गत आर्सनलले जित निकालेको छ । सोमबार राति भएको तेस्रो चरणको खेलमा आर्सनलले लीड्स युनाइटेडलाई १–० गोलले हराएको हो ।

आर्सनलकै मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन रेइस नेल्शनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५५औं मिनेटमा नेल्शनले गोल गर्दै आर्सनललाई जिताए ।