पत्रपत्रिकामा प्रदेश : मंगलबारे अस्पताल ५० बेडको बन्ने

विराटनगर २२ पुस । उर्लाबारी नगरपालिका ६ मा रहेको १५ शय्याको बनाउने प्रदेश सरकारले निर्णय गरेको छ ।

यो समाचार उद्घोष दैनिकले मुख्य समाचार बनाएर छापेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अस्पताललाई प्रदेश सरकार मातहत ल्याएर ट्रमा सेन्टरको रुपमा विकास गरी ५० शय्याको बनाउने निर्णय भएको प्रदेश १ सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए ।

सरकारले मंगलबारे अस्पतालको स्तरोन्नतीको लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै मन्त्रिपरिषदको बैठकले विराटनगर महानगरपालिका र चीनको ओहो तथा झापाको मेचीनगर नगरपालिका र बेलायतको फोल्किस्टन टाउन काउन्सिलबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्याराग्लाइडिङ परीक्षणमै सीमित

कान्तिपुर दैनिकमा ‘प्याराग्लाइडिङ परीक्षणमै सीमित’ शिर्षकमा प्रदेश १ पृष्ठमा समाचार छापेको छ । पछिल्लो पटक इलाम नगरपालिका ३ को पुवामझुवामा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ ।

२ हजार मिटरको छेलेथुम्की डाँडाबाट उडान गरी पाइलटहरु स्थानीय थलथले खेलमैदानमा झरेका थिए । तर इलामका विभिन्न स्थानमा प्याराग्लाइडिङको सफल परिक्षण उडान भएपनि व्यवसायीक उडान कतै हुन सकेको छैन् ।

इलाम प्याराग्लाइडिङको लागि नमूना हब बन्न सक्ने भएपनि पूर्वाधार विकाससँगै दक्ष जनशक्ति उत्पादनमा ध्यन दिनुपर्ने प्याराग्लाइडिङ र साहसिक पर्यटनमा विश्वकृतिमान राखेका द बाबु एड्भेन्चरका सञ्चालक सानोबाबु सुनुवारले बताए ।

चियाबारीले हराभार इलामको कन्याम, देउमाई र अन्तु नगरपालिकामा प्याराग्लाइडिङको सफल उडान परीक्षण गरिएको छ । तर अहिलेसम्म काँहीपनि सुरु भने भएको छैन् ।

ब्लाष्ट टाइम्समा क्यम्पस प्रशासनको लापरबाहीले चपेटामा विद्यार्थी शिर्षकमा मुख्य खबर छ । धरानको पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसको प्रशासन र डिनको कार्यालय काठमाडौंको लापरबाहीको चपेटामा विद्यार्थीहरु परेका हुन् ।

बीई इलेक्ट्रिकलका विद्यार्थीहरु नेपाल इञ्जिनियरिङ काउन्सिलमा क्याम्पस दर्ता नभएको कारण चपेटामा परेका हुन् । काउन्सिलको मान्यता नहुँदा अहिले उत्तिर्ण भएका (पास आउट) विद्यार्थीले प्रमाण पत्र पाउन सकेका छैनन् ।

यस्तै अवस्था अब आर्किटेक्चरका विद्यार्थीहरुसमेत पर्ने खतरा रहेको छ । क्याम्पस प्रमुख ओमप्रकाश ढकालले डिनको कार्यालयले सरकारी क्याम्पसलाई काउन्सिलमा दर्ता हुनु पर्दैन भनेको कारण समस्या भएको बताउँदै अहिले सबै प्रकृया सुरु गरेको बताए ।

काउन्सिलमा दर्ता हुने प्रकृया सुरु भएको भन्दै उनले समस्या चाडै समाधान हुने बताए ।

Loading...