birat ribon

रोनाल्डो १० फरक प्रतिस्पर्धामा ह्याट्रिक गर्ने खेलाडी !

Neuro
रोनाल्डो १० फरक प्रतिस्पर्धामा ह्याट्रिक गर्ने खेलाडी !

एजेन्सी, २२ पुस । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले १० फरक प्रतिस्पर्धामा ह्याट्रिक गर्ने नयाँ रेकर्ड बनाएका छन् । सोमबार राति सिरी ‘ए’ अन्तर्गत युभेन्टसलाई शानदार जित दिलाउन ह्याट्रिक गरेका रोनाल्डोले १० फरक प्रतिस्पर्धामा ह्याट्रिक गर्ने रेकर्ड बनाएका हुन् ।

Padelux insider
cura insider

डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टसले आफ्नो १४औं जित निकाल्दा रोनाल्डोले ह्याट्रिक गरेका थिए । क्याग्लिआरीविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दा खेलको ४९औं मिनेट, ६७औं मिनेट र ८२औं मिनेटमा रोनाल्डोले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

यस ह्याट्रिकसँगै उनले १० फरक तथा आधिकारिक प्रतिस्पर्धामा ह्याट्रिक गर्ने एक्लो खेलाडी बनेका हुन् । ३४ वर्षीय रोनाल्डोले सिरी ‘ए’का साथै, प्रिमियर लग, ला लिगा, कोपा डेल रे, च्याम्पियन्स लिग, क्लब विश्व कप, यूइएफए नेशन्स लिग, विश्वकप क्वालिफायर्स, युरो क्वालिफायर्स र विश्व कप गरी १० फरक प्रतिस्पर्धामा ह्याट्रिक गरेका छन् ।

सोमबार आफ्नो करिअरको ५६औं ह्याट्रिक गरेका उनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छँदा एउटा ह्याट्रिक गरेका थिए भने रियल मड्रिडबा ४४ वटा ह्याट्रिक गरेका छन् । त्यसपछि युभेन्टस गएका रोनाल्डाले २ वटा ह्याट्रिक गरेका छन् । यता, आफ्नो राष्ट्र पोर्चुगलका लागि रोनाल्डोले ९ वटा ह्याट्रिक गरेका छन् ।

हिजो युभेन्टसलाई जिताउन रोनाल्डोले तीन गोल गर्दा गोन्जालो हिगुइनले एक गोल गरेका थिए । जितसँगै युभेन्टसले वर्षको पहिलो खेलमा जित निकाल्यो । यस्तै उसले ४५ अंक जोड्यो ।

jackson ribon