birat ribon

बेल र बेन्जेमा रियल मड्रिडको टोलीबाहिर

Neuro
बेल र बेन्जेमा रियल मड्रिडको टोलीबाहिर

एजेन्सी, २२ पुस । स्पनिस क्लब रियल मड्रिडले आफ्ना स्टार फरवार्डद्वय करिम बेन्जेमा र ग्यारेथ बेललाई स्पेनिस सुपर कप खेल्ने टोलीबाहिर राखेको छ । रियलले अघिल्लो दिन दुवै खेलाडीलाई टोलीबाहिर राख्दै भ्यालेन्सियाविरुद्ध स्पेनिस सुपर कप खेल्ने प्रारम्भिक टोली घोषणा गरेको हो ।

Padelux insider
cura insider

रियल मड्रिडले सुपर कपको सेमिफाइनलमा बुधबार राति भ्यालेन्सियाविरुद्व खेल्दैछ । साउदी अरेबियास्थित किङ अब्दुल्लाह स्पोर्ट्स स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार बुधबार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

यस खेलमा बेन्जिमा र बेल सो खेलमा उपस्थित रहने छैनन् । बेल केही दिनयता बिरामीसमेत देखिन्छन् । यस्तै बेल पछिल्लो समय क्लब छाड्ने तयारीमा छन् । यता, बन्जेमा भने खुट्टाको चोटले ग्रसित छन् ।

यसैगरी बेल र बेन्जेमाबाहेक इडेन हाजार्ड पनि टोलीमा छैनन् । हाजार्ड घाइते भइर उपचाररत छन् । त्यसबाहेक लुका मोड्रिक, मार्सेलो, रोड्रिगो, भिनिसियस जुनियर जस्ता खेलाडीलाई जिनेदिन जिदानेले टोलीमा राखेका छन् ।

jackson ribon