birat ribon

इन्टरले युभेन्टसलाई उछिन्यो

Neuro
इन्टरले युभेन्टसलाई उछिन्यो

एजेन्सी, २२ पुस । इटालियन सिरी ‘ए’मा उपाधि दाबेदार मानिएको इन्टर मिलानले आफ्नो १४औं जित निकालेको छ । सोमबार राति भएको खेलमा इन्टरले बलियो टोली नापोलीलाई ३–१ गोलले हराएको हो ।

Padelux insider
cura insider

नापोलीकै मैदानमा भएको उक्त खेलमा इन्टरलाई जिताउन रोमेलु लुकाकुले २ गोल गरे भने र लाउटारो मार्टिनेजले एक गोल गरे । यता, नापोलीका अर्काडिउस्ज मिलिकले एक गोल गरे ।

खेलको १४औं मिनेटमा लुकाकुको गोलमा इन्टरले सुरुआती अग्रता बनाएको थियो । यस्तै खेलको ३३औं मिनेटमा लुकाकुले दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ३९औं मिनेटमा मिलिकले गोल गर्दै नापोलीलाई खेलमा फर्काउने प्रयत्न गरे । तर, ६२औं मिनेटमा मार्टिनेजले गोल गरेपछि इन्टरले ३–१ गोलको जित निकाल्यो ।

यस जितसँगै इन्टर डिफेन्डिङ च्याम्पियन युभेन्टसलाई उछिन्दै शीर्ष स्थानमा फर्कियो । समान ४५–४५ अंक भएपनि युभेन्टस गोलान्तरको आधारमा दोस्रो स्थानमा छ । यता, इन्टरसँग पराजित नापोली २४ अंकका साथ आठौं स्थानमा छ ।

jackson ribon