birat ribon

पुनःनिर्माणमा ८६ प्रतिशत काम सम्पन्न

Neuro
पुनःनिर्माणमा ८६ प्रतिशत काम सम्पन्न

काठमाडौं २१ पुस । भूकम्पपछिको पुनःनिर्माणमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा पुनःनिर्माणको प्रगतिको विवरण प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ४ लाख ८० हजार ८ सय ९१ घरको निर्माण सम्पन्न भएको बताए ।

Padelux insider
cura insider

भूकम्पले भत्किएका ८ लाख १६ हजार ४७१ घर पुनःनिर्माण गर्नुपर्नेमा सात लाख ८० हजार १ सय ६५ परिवारले अनुदान सम्झौता गरेको उनले बताए ।

७ लाख ७० हजार २ सय ६१ भूकम्पपीडितले पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझेका छन् । विसं २०७२ माघ २ गते पुनःनिर्माणको शुरुआत गरेको रानीपोखरी आगामी वैशाख १२ गते नै सक्ने गरी काम अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

समिति सभापति दिलकुमारी थापा रावल (पार्वती) ले पुनःनिर्माणको समग्र अवस्था सकारात्मक नै रहेकाले केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्न प्राधिकरणलाई निर्देशन दिइन् ।

jackson ribon