birat ribon

ज्लाटनको पहिलो खेलमा मिलान बराबरीमा रोकियो

Neuro
ज्लाटनको पहिलो खेलमा मिलान बराबरीमा रोकियो

विराटनगर, २१ पुस । इटालियन सिरी ‘ए’मा एसी मिलान बराबरीमा रोकिएको छ । सोमबार भएको खेलमा मिलान साम्पोडोरियासँग गोलरहित बराबरीमा रोकिएको हो ।

Padelux insider
cura insider

मिलानकै घरेलु मैदानमा भएको उक्त खेलको निर्धारित समय दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकिएको हो । यस खेलबाट स्वीडेनका स्टार ज्लाटन इब्राहिमोभिकले यो सिजनको सिरी ‘ए’ मा मिलानबाट डेब्यू खेल खेलेका थिए । ८ वर्षपछि फेरि मिलान फर्किएका उनले मिलानका लागि यो पहिलो खेल खेलेका हुन् ।

यस बराबरीसँगै १२औं स्थानको मिलानले २२ अंक बनाएको छ भने १६औं स्थानको साम्पोडोरियासँग १६ अंक छ ।

jackson ribon