birat ribon

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ

Neuro
सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ

सिरहा २१ पुस । सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको छ ।

मोबाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका ८ बहुवाडाँडाका सुरेशकुमार यादव र गोलबजार नगरपालिका २ का सन्तोष महतोलाई पक्राउ गरेको छ ।

cura insider

सिरहाको विष्णुपुर गाउँपालिका घर भएकी १९ वर्षीया ती युवती घरबाट गोलबजार आइपुग्दा अबेर भएको र मोबाइल स्वीचअफ भएकाले मोबाइल चार्ज गर्न गोलबजार–६ स्थित मनकामना हेयर कटिङ सैलुनमा पुगेकी थिइन् । सैलुनमा पहिलादेखि नै बसिरहेका यादव र महतोले ‘मेरो डेरामा चार्जर छ, त्यहीँ गएर मोबाइल चार्ज गरौँ’ भन्दै डेरामा लगेर जबरजस्ती करणी गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

मोबाइल चार्ज गर्न दिएको एक घण्टाभन्दा बढी समय भइसक्दा पनि मोबाइल नदिएपछि मोबाइल लिन महतोको डेराभित्र पसेकी युवतीलाई ढोकाको चुक्कुल लगाएर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले बताए।

घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेका प्रहरीले युवतीको उद्धार गरी दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताए । प्रहरीले अन्य स्थानीयको पनि संलग्नता हुनसक्ने आशङ्का गरेको छ ।

jackson ribon