birat ribon

रोनाल्डोको ह्याट्रिक, वर्षको पहिलो खेलमा युभेन्टसको जित

Neuro
रोनाल्डोको ह्याट्रिक, वर्षको पहिलो खेलमा युभेन्टसको जित

विराटनगर, २१ पुस । इटालियन सिरी ‘ए’मा डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टसले आफ्नो १४औं जित निकालेको छ । सोमबार आफ्नो १८औं खेल खेलेको युभेन्टसले क्याग्लिआरीविरुद्ध ४–० गोल अन्तरको जित निकालेको हो ।

Padelux insider
cura insider

आफ्नै मैदानमा भएको उक्त खेलमा घरेलु टोलीका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे भने गोन्जालो हिगुइनले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४९औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

यस्तै खेलको ६७औं मिनेटमा युभेन्टसले पेनाल्टीको मौका पाएको थियो । जसमा रोनाल्डोले कुनै गल्ती नगरी गोल गरे । र, रोनाल्डोको पेनाल्टी गोलसँगै युभेन्टसले २–० गोलको अग्रता बनायो ।

यसैगरी खेलकाे ८०औं मिनेटमा हिगुइनले गोल गर्दै युभेन्टसको अग्रता तेब्बर बनाए । हिगुइनले रोनाल्डोको पासमा गोल गरेका थिए । त्यसको एक मिनेट बित्न नपाउँदै रोनाल्डोले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । उनले डग्लस कोस्टाको पासमा गोल गरी युभेन्टसलाई ४-० गोलको जित दिलाए ।

यस जितसँगै युभेन्टसले वर्षको पहिलो खेलमा जित निकाल्यो । यस्तै ऊ लिगको शीर्ष स्थानमा उक्लियो । १४ खेलमा जित, ३ खेलमा बराबरी र एक खेलमा पराजय ब्यहोरेको युभेन्टसले ४५ अंकसहित शीर्ष स्थान बनाएको हो ।

दोस्रो स्थानको इन्टर मिलानसँग ४३ अंक छ । इन्टरले १७ खेल खेलेको छ । आजै उसले आफ्नो १८औं खेलमा नापोलीसँग खेल्दैछ । यो खेलमा इन्टरले जित निकालेमा ४६ अंक बनाउँदै ऊ शीर्ष स्थानमा उक्लिने छ ।

यता, युभेन्टससँग पराजित क्याग्लीआरीसँग भने २९ अंक छ ।

jackson ribon