birat ribon

मध्यपूर्व सङ्कट मर्केल र पुटिनबीच छलफल हुने

Neuro
मध्यपूर्व सङ्कट मर्केल र पुटिनबीच छलफल हुने

जर्मनीकी चान्सलर एन्जेला मर्केलले मध्यपूर्वमा देखिएको राजनीतिक सङ्कटबारे मस्कोमा रूसी नेता भ्लादिमिर पुटिनबीच छलफल हुने भएको छ । छलफलका लागि मर्केल आगामी शनिबार रूस जाने बताइएको छ ।

Padelux insider
cura insider

संयुक्त राज्य अमेरिकाले ड्रोनमार्फत इराकको राजधानीमा गरेको आक्रमणमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरिरहेका हेजबुल्लाह नेता अबु महदी अल मोहन्दिसलगायतकाको मृत्यु भएको थियो ।

यो घटनापछि परिवर्तित राजनीतिक अवस्थाबारे दुई नेताबीच छलफल हुने सोमबार जर्मनीको सरकारका प्रवक्ताले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । मर्केलसँग भ्रमणमा विदेशमन्त्री हेइको मासपनि जाने छन् ।

प्रवक्ता स्टेफेन सेइवर्टले भने “भेटमा रूस र जर्मनीबीचको आपसी सम्बन्धलाई मजबुत पार्ने तथा जर्मन–रूस ग्यास पाइपलाइन आयोजनाबारे छलफल हुने कार्यक्रम छ । साथै इरान र इराकमा अमेरिकी ड्रोन आक्रमणपछि सिर्जना भएको राजनीतिक सङ्कट, सिरियाली द्वन्द्व र लिवियाली तनावलगायत बिषयमा पनि दुई देशका अधिकारीबीच छलफल हुनेछ ।”

jackson ribon