birat ribon

काँग्रेसमा गुटगत ध्रुवीकरण बढ्दै

Neuro
काँग्रेसमा गुटगत ध्रुवीकरण बढ्दै

Padelux insider
cura insider

विराटनगर २१ पुस । नेपाली कांँग्रेसमा १४औँ महाधिवेशनको समय नजिकिँदै गर्दा पार्टीमा गुटगत ध्रुवीकरण झन झन बढ्न थालेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सतहमै देखि नै गरी गुटका गतिविधि तीव्र बनाउन थालेका छन् ।

यसैको पछिल्लो शुङ्खलास्वरुप वरिष्ठ नेता पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि सुरु भएको भेलामा जिल्ला सभापतिहरुले यही पुस ११ गते काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय सच्याउन माग गरे ।

केन्द्रीय समिति बैठकले बहुमतका आधारमा चौधौं महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गरेको थियो । पौडेल समूहले सो बैठक बहिस्कार गरेको थियो ।

काँग्रेसको वर्तमान ८५ सदस्यीय केन्द्रीय समितिमा करीब ५० पदाधिकारी र केन्द्रीय सदस्य संस्थापन पक्षका छन् ।

सहमति जारी रहेकै बेला संस्थापन पक्षले यही पुस ११ गते पार्टीको चौँधौ महाधिवेशन ७ देखि १० फागुन २०७७ मा गर्ने र केन्द्रीय समितिको समयावधि एकवर्ष थप गर्नेलगायत महत्वपूर्ण निर्णय गरेको थियो । बैठकले महाधिवेशनको प्रयोजनार्थ विधानका केही दफा निलम्बन गर्ने, विधानमा उल्लेख २८ केन्द्रीय विभागको सङ्ख्या ४७ पु¥याउने, तरुण दलको म्याद छ महिना थप गर्नेलगायतका निर्णय पनि गरेको थियो । त्यसपछि झनै असन्तुष्ट बनेको वरिष्ठ नेता पौडेल समूहले आगामी रणनीति तय गर्न जिल्ला सभापतिको भेला बोलाएको हो ।

‘जिल्ला सभापति परामर्श बैठक’ नाम दिइएको भेलामा वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको पछिल्लो अवस्था र केन्द्रीय नेतृत्वसँग भएका छलफलका बारेमा जानकारी गराएका नुवाकोटका सभापति जगदिशनरसिंह केसीले बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै प्यूठानका सभापति अमरप्रसाद भण्डारीले पार्टी विधानसम्मत र सर्वसम्मत नचलेको भन्दै पार्टीलाई एक ढिक्का बनाउन भेला बोलाइएको बताए । उनले केन्द्रीय समिति बैठकमा एक पक्ष बाहिरिने अवस्था आएको भन्दै विधान विपरीत गरिएको निर्णय सच्याउनुपर्ने र निलम्बन गरिएका पार्टी विधान दफा फुकुवा गर्नुपर्ने माग गरे ।

भेलामा नेता पौडेल समूहका ४१ जिल्ला सभापति र दुई जिल्ला सभापतिका प्रतिनिधि सहभागी छन् । मंगलबारसम्म चल्ने भेलामा थप ११ जिल्ला सभापति सहभागी हुने रोल्पाका सभापति अमर पुनले दाबी गरे । भेलामा नेता पौडेल समूहका केन्द्रीय सदस्य र पदाधिकारी पनि उपस्थित छन् ।

भेलामा सहभागी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले केन्द्रीय समितिको थपिएको एक वर्षको अन्तमा नभइ त्यसअघि नै महाधिवेशन तोकेर महाधिवेशनको सुनिश्चितता गर्नुपर्ने बताए ।

काँग्रेसको १३औँ महाधिवेशन फागुन २०७२ मा काठमाडौँमा भएको थियो । काँग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने उल्लेख छ ।

साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ ।

jackson ribon