birat ribon

‘एमसीसी पारित हुन्छ, राष्ट्रिय अहितका कुरा सच्याईन्छ’ : शर्मा

Neuro
‘एमसीसी पारित हुन्छ, राष्ट्रिय अहितका कुरा सच्याईन्छ’ : शर्मा

Padelux insider
cura insider

काठमाडौं २१ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले यही पुष २७ गतेभन्दा अघि नै सभामुखको नाम टुँगो लाग्ने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले सभामुखमा आफ्नो पार्टीको दाबी रहेको सुनाउँदै अब बस्ने प्रतिनिधिसभाको बैठकभन्दा अघि नै सभामुख कसलाई बनाउने भन्नेबारे टुंगो लगाउने बताए ।

उनले पार्टीबाट सभामुख कसलाई बनाउने भन्नेबारे कुनै विवाद नभएको जिकिर गरे । उनले भने,‘हामी २७ पुससम्मा टुंगो लगाउनले उनले बताए ।

शर्माले भने,‘नेकपाबाट सभामुख कसलाई बनाउने भन्नेबारे हाम्रा अध्यक्षद्धयबीच छलफल भैरहेको छ । उहाँहरुले दुई तीन मिनेटमै टुंगो लगाउने भन्नुभएको छ । उहाँहरुले जे निर्णय गर्नुहुन्छ, त्यही हुन्छ । यसमा कुनै समस्या छैन् ।’

एमसीसी पारित हुने उनले विश्वास दिलाए । उनले भने,‘हामी छलफल गरेर यसलाई सहमतिमै पारित गर्छौं । तर, एमसीसीमा रहेका राष्ट्रिय अहितका विषय सच्याउँछौं ।’

कार्यक्रममा राजपा नेपालका बरिष्ठ नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरुको कुनै दाबी नरहेको स्पष्ट पारेका छन् ।

प्रदेश नम्बर २ को सरकार परिवर्तनबारे अनुमानको भरमा हल्ला चलाईएको भन्दै कर्णले गुनासो पोखे ।

jackson ribon