birat ribon

रामचन्द्र पौडेलले लामखुट्टे मार्न ए.के. ४७ पड्काएको मीन विश्वकर्माको आरोप

Neuro
रामचन्द्र पौडेलले लामखुट्टे मार्न ए.के. ४७ पड्काएको मीन विश्वकर्माको आरोप

काठमाडौं २१ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले रामचन्द्र पौडेल समूहले बोलाएको आफू पक्षधर जिल्ला सभापतिहरुको भेला अवैधानिकको भएको बताएका छन् ।
सभापतिलाई विधिसंगत ढंगबाट अघि बढेन भनेर आरोप लगाएर विधानविपरित भएको गुनासो गर्दै पौडेल पक्षले गरेको क्रियाकलापपनि विधानविपरित भएको उनले बताए ।

Padelux insider
cura insider

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै विश्वकर्माले कुनैपनि केन्द्रिय कार्यसमितिका ८५ सदस्य र पदाधिकारी कोही पनि औपचारिक कार्यक्रम गर्नको लागि केन्द्रीय कार्यसमितिको स्विकृति लिनुपर्ने भएपनि पौडेल समूहको औपचारिक बैठक बस्नको लागि केन्द्रिय कार्यसमितिले औपचारिक निर्णय नगरेको बताए । उनले भने ‘ जिल्ला सभापतिहरुको बारेमा विधानले विधानतः कुनै पनि संगठन मान्दैन् ।’

पौडेल समूहले बोलाउँदा उनीहरुकै समूहका अधिकांश सभापतिहरुले पार्टीलाई जुटाउनेभन्दा फुटाउनेतर्फ प्रेरित गरेकोले आफूहरु आउन नसक्ने भनेर जवाफ दिएको पनि आफूहरुको जानकारीमा आएको उनले स्पष्ट पारे ।

नेता विश्वकर्माले सभापति शेरबहादुर देउवा विधानविपरित हिँडेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको जिकिर गरे । उनले पौडेल समूहले पेश गरेको ९ बुँदे प्रस्तावलाई शेरबहादुर देउवा सभापति रहेको केन्द्रिय कार्यसमितिले हुबहु पारित गरिदिएको समेत बताए ।

उनले अहिलेको जिल्ला सभापतिहरुको भेला महाधिवेशनलाई लक्षित गरेर सभापतिको बलियो उम्मेदवार शेरबहादुर देउवालाई लाञ्छना लगाएर हिलो छ्यापेर चरित्र हत्या गरेर, बात लगाएर, कमजोर बनाउने उदेश्यबाहेक अरु केही पनि नभएको जिकिर गरे ।

उनले सामान्य विषयमा जिल्ला सभापतिहरुलाई पुषको जाडोमा बोलाएर दुःख दिनु राम्रो नभएको भन्दै पौडेल समूहको आलोचना गरे ।

उनले भने ‘कतिजनाको सट्टा कति जना राख्नका लागि सभापतिहरुलाई यो पुस को जाडोमा काठमाडौं बोलाएर यो जुन झमेल गरिरहनुभएको छ, मलाई लाग्छ उहाँहरुले मच्छेड मार्नको लागि उहाँहरुले ए.के.फोर्टी सेभेन पड्काउँदै हुुनुहुन्छ ।’

उनले पौडेल समूहको चित्त दुखाई निर्देशित भएकोले सभापति देउवाले चित्त बुझाउन समय लागेको पनि तर्क गरे ।

उनले प्रतिनिधिसभाको सभामुखको चयन जतिसक्दो चाँडो गर्नपनि आग्रह गरेका छन् । उनले सत्तापक्षको आपसी मतभेद र आपसी मतभेदको कारण सिंगो संसदलाई अनिर्णयको बन्दी नबनाउन पनि चेतावनी दिए ।

२७ पुसमा नै सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशन गर्न पनि उनले आग्रह गरे ।

jackson ribon