काठमाडौं, २१ पुस । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन क्लब मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबबीचको खेल बराबरीमा रोकिएको छ ।
सोमबार भएको खेलमा मनाङ र मछिन्द्र २–२ गोलको बराबरीमा रोकिएका हुन् । दशरथ रंगशालामा जारी खेलेको दोस्रो मिनेटमा नै मनाङले अग्रता बनाएको थियो । फेमीले खेलको दोस्रो मिनेटमा गोल गरेका हुन् ।