birat ribon

बेन्फिका नै फर्किने योजनामा जाओ फेलिक्स

Neuro
बेन्फिका नै फर्किने योजनामा जाओ फेलिक्स

एजेन्सी, २१ पुस । स्पेनिस क्लबका स्टार खेलाडी जाओ फेलिक्सले आफू पूर्वक्लब बेन्फिका फर्किने योजनामा रहेको बताएका छन् ।

Padelux insider
cura insider
game

६ महिनाअघि पोर्चुगिज क्लब बेन्फिकाबाट महंगो खेलाडी बन्दै एथ्लेटिको आएका फेलिक्सले मुन्डो डिपोर्टिभोसँगको अन्तर्वार्ताको क्रममा आफू पूर्वक्लब फर्किने योजनामा रहेको बताएका हुन् । १ सय १३ मिलियनमा गत जुलाइमा ला लिगा क्लब आएका उनले आफू फर्केर बेन्फिका नै जान चाहेको सुनाए ।

यस्तै उनले आफू निकट भविष्यमा आफ्नै राष्ट्रको क्लबमा जाने बताए । ‘अहिले हेर्दा म बेन्फिकामै खुशी थिएँ’, उनले अन्तर्वार्ताका क्रममा भने, ‘मैले एक दिन बेन्फिका नै फर्किने मनसाय बनाएको छु । अब यहाँ छोडेपछि सायद म त्यहाँ जानेछु ।’ ला लिगाका १२ खेल खेलेका पोर्चुगलका स्टार फेलिक्सले २ गोल गरेका छन् ।

jackson ribon