birat ribon

४५ सेकेन्डको मसाजका यस्ता छन् फाइदा

Neuro
४५ सेकेन्डको मसाजका यस्ता छन् फाइदा

विराटनगर, २१ पुस । घरेलु उपचारले पनि रोगको उपचार गर्न सकिन्छ । घरेलु उपचारको विधिमा घरमा सजिलै उपलब्ध हुने सामग्री प्रयोग गरी उपचार गरिन्छ ।

Padelux insider
cura insider

कैयौं पटक साधारण बीमारीमा पनि आत्तिने गर्छौं तर, अलिकति घरेलू उपचारको बारेमा थाहा भए सरल तरिकाले तत्कालै लाभ हाँसिल गर्न सकिन्छ । घरेलु उपचारका सजिलो उपायहरू हुन्छन् । केवल ४५ सेकेन्डसम्मको सामान्य मसाजले पनि फरक अनुभूति दिलाउन सक्ने क्षमता राख्छ ।

सामान्य ४५ सेकेन्डको मसाजले टाउकोको दुःखाई, तनाव तथाअनिद्राजस्ता समस्याबाट छुटकरा पाउन सकिन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानबाट समेत पुष्टि भइसकेको छ । सबैभन्दा पहिला निधारमा दुई वटा आँखीभौंको बीचमा अथवा नाकको माथि टीका लगाउने ठाउँमा आफ्नो कुनै एक औंला राखेर ४५ सेकेन्डसम्म त्यो भागलाई थिचेर विस्तारै मसाज गर्नुपर्छ । यसरी मसाज गर्दा मष्तिष्कको तनावलाई कम गरी टाउकोको दुःखाईमा पनि लाभदायक हुन सक्छ ।

अनिन्द्रा अर्थात् इनसोम्नियाको समस्यालाई पनि नियमित ४५ सेकेन्डको मसाजले केही हदसम्म राहत पु¥याउन सक्छ । यसरी मसाज गर्दा अनुहार तथा टाउकोको मांशपेशीको दुखाईलाई पनि कम गरी मष्तिष्कमा शान्ति प्राप्त हुन्छ । मसाजले आँखामा कामको कारण हुने दबावलाई समेत कम गर्छ ।

jackson ribon