birat ribon

बार्सिलोनाका यी कठिन समस्या

Neuro
बार्सिलोनाका यी कठिन समस्या

एजेन्सी, २१ पुस । स्पेनिस ला लिगाको डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोना यस सिजन केही समस्यामा छ । आफ्ना भरपर्दा खेलाडीहरू घाइते हुनु र अवे मैदानमा सुखद नतिजा नआउनुले पनि बार्सिलोनालाई समस्या परेको हो ।

Padelux insider
cura insider

यस्तै रियल मड्रिड यो सिजन दाबेदारका रूपमा प्रस्तुत हुनु बार्सिलोनाको अर्को समस्या बन्न पुगेको छ । हाल समान १९–१९ खेल खेलका दुवै टोलीसँग समान अंक छन् । समान ४० अंक हुँदा पनि रियल गोलान्तरको आधारमा दोस्रो स्थानमा छ ।

युरोपियन च्याम्पियन्स लिगमा उपाधि दाबेदार मानिएपनि ऊ अघिल्लो सिजन लिभरपुलसँग पराजित हुँदै बाहिरिन पुग्यो । प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेलाई लिएर जोखिम मोलिरहेको बार्सिलोनााथि आफ्ना भरपर्दा गोलरक्षक मार्क आन्द्रे टर स्टेगन घाइते भएपछि अझ ठूलो समस्या थपिएको छ । विश्वका उत्कृष्ट गोलकिपरमध्ये एक उनी घुँडाको चोटबाट मुक्त हुुन प्रयासरत छन् ।

दाहिने घुँडामा गम्भीर चोट लागेका उनले नखेलेको खेलमा बार्सिलोना रेलिगेसन जोनको टोलीसँग बराबरीमा रोकिएको थियो । १९ खेल खेल्दा २३ गोल गरेको बार्सिलोना २००३–०४ को सिजनयताकै खराब लयमा रहेको बताइन्छ । फ्रेन्च स्टार ओस्मान डेम्बेले प्रायः घाइते नै रहन्छन् ।

यस्तै १९ खेलबाट ४० अंक बटुलेको बार्सिलोना २००७–०८ कै खराब पनि मानिएको छ । खेलाडीको कुरा गर्दा उसले इभान राकिटिक, सर्जियो बुस्क्वेट, अर्थर मेलोलगायतलाई मैदानमाभन्दा बढी बेन्चमै राखेको छ ।

अर्टुरो भिडाल पनि यो सिजन अन्यत्र जाने चर्चामा छन् । कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र एन्टोइन ग्रिजम्यान निरन्तर संघर्षमा छन् । बार्सिलोनाका लागि यी तीन खेलाडी मिलेर ३१ गोल गरेका छन् । मेस्सीले १३ गोल गरेका छन् भने स्वारेजले ११ तथा ग्रिजम्यानले ७ गोल गरेका छन् ।

jackson ribon