birat ribon

सगरमाथा आरोही पाण्डे समाजसेवामा

Neuro
सगरमाथा आरोही पाण्डे समाजसेवामा

एजेन्सी, २१ पुस । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका प्रकाशराज पाण्डेले अंग्रेजी नयाँ वर्ष चितवनका बालबालिकाहरूसँग मनाएका छन् । आजभन्दा चार वर्षअघि सगरमाथाको आरोहण गरेका उनले करिब ४० बोरा चामल, २ बोरा आलु, दाल, तेललगायतका खाद्य सामाग्री साथै न्यानो लत्ताकपडा र शिक्षा सामाग्री वितरण गर्दै बालिबालिकासँग नयाँ वर्ष मनाएका हुन् ।

Padelux insider
cura insider

पर्वतारोही एवं डायानामिक स्काउट क्र्युका गुडविल एम्बास्डरसमेत रहेका उनले त्यहाँका विद्यार्थीहरूलाई उक्त सामाग्री वितरण गरेका हुन् । स्वर्गीय डा. बाबुराम पोखरेल स्मृति समाजले आयोजना गरेको एक कार्यक्रममा डायनामिक स्काउट क्र्युको सहयोगमा नेपाल उनले स्काउट भीएस निकेतन फाउन्डेसनका विद्यार्थीहरूलाई उक्त सहयोग गरेका हुन् ।

यस्तै उनले यूकेजीकी एक छात्रालाई कक्षा १० सम्म लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने पनि घोषणा गरे । सहयोगपछि पाण्डेले सबैका लागि शिक्षा एसडीजीएसअन्तर्गतको एउटा उद्देश्यअन्तर्गत रहेर काम गरेको सुनाए ।

jackson ribon