birat ribon

सरकार जनताको अधिकार कुण्ठित गर्ने कानून निर्माणमा उद्धत छ : डिला संग्रौला

Neuro
सरकार जनताको अधिकार कुण्ठित गर्ने कानून निर्माणमा उद्धत छ : डिला संग्रौला

विराटनगर, २१ पुस । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले सरकार जनताका अधिकार कुण्ठित गर्ने कानून निर्माणमा उद्धत रहेको बताएकी छन् । नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा राष्ट्रियसभाका उमेदवारसँग राखेको अन्तरसंवाद तथा पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले यस्तो बताएकी हुन् ।

Padelux insider
cura insider

‘सामाजिक सञ्जालदेखि जनताले गरेको कुराकानी समेत ट्यापिङ गर्ने कानुन निर्माणमा सरकार सक्रिय छ’ उनले भनिन्, ‘कांग्रेसले गरेको विरोधका बाजदुत यो क्रम रोकिएको छैन् ।’ संग्रौलाले राष्ट्रिय सभा नैतिकवान, जिम्मेवार र विद्वत वर्ग पुग्ने ठाउँ भएकोले योग्य उमेदवारलाई जिताउन आह्वान गरिन् ।

संग्रौलाले केपी ओलीले चुनावअघि राष्ट्रवादको रट लगाएको तर कालापानी र लिपियाधुराको विवाद उठ्दा भारतले कुटनीतिक रूपमा फुटनोट जारी गर्ने र ओली सरकारले पनि त्यही गरेको आरोप लगाइन् । उनले भनिन्, ‘केपी ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको छ ।’ संग्रौलाले सरकार जनतामाझ अलोकप्रिय बन्दै गएको र उसले प्रतिवद्धता जनाएअनुसार काम गर्नै नसकेको स्पष्ट गरे ।

कांग्रेसले प्रदेश १ मा राजेन्द्र घिमिरे, मीना पुलामीमगर र नीरबहादुर विश्वकर्मालाई उमेदवार बनाएको छ । पत्रकार सम्मेलनमा उम्मेदवार घिमिरेले आफ्नो उम्मेदवारी व्यवसायिक क्षेत्रको विकासका लागि पनि भएको बताए । उनले भने, ‘व्यवसायिक क्षेत्रको प्रवर्द्धन अब जरुरी भइसकेको छ ।’

jackson ribon