birat ribon

६ बलमा ६ छक्का, न्यूजिल्याण्डका कार्टरले बनाए कीर्तिमान

Neuro
६ बलमा ६ छक्का, न्यूजिल्याण्डका कार्टरले बनाए कीर्तिमान

एजेन्सी, २१ पुस । न्यूजिल्याण्डका लियो कार्टरले नयाँ कीर्तिमान बनाएका छन् । न्यूजिल्याण्डको घरेलु प्रतियोगिता सुपर स्म्यासमा ६ बलमा ६ छक्का प्रहार गरेर कार्टरले कीर्तिमान बनाएका हुन् ।

Padelux insider
cura insider

सुपर स्म्यासअन्तर्गत क्रिस्ट चर्चमा भएको खेलमा क्यान्टरबरी नाइट्सका उनले लगातार ६ छक्का प्रहार गरेका थिए । इनिङको १६ ओभरमा बायाँ हातका ब्याट्सम्यान कार्टरले डाभिसिचको ओभरमा उत्कृष्ट प्रदर्शन गरे । बायाँ हातका स्पीनर डाभिसिचको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

उनको टोलीले २ सय २० रनको लक्ष्य पछ्याउँदै थियो । जसमा, उनले जितको लागि ५ ओभरमा ६४ रन बनाउने पर्ने थियो । तर, कार्टरले २९ बलमा ७० रन बनाएपछि उनको टिम विजयी भयो ।

jackson ribon