birat ribon

डेम्बेलेलाई सस्तैमा सल्टाउँदै बार्सिलोना, प्रिमियर लिगका तीन ठूला क्लब दौडमा

Neuro
डेम्बेलेलाई सस्तैमा सल्टाउँदै बार्सिलोना, प्रिमियर लिगका तीन ठूला क्लब दौडमा

एजेन्सी, २१ पुस । बार्सिलोनाका फरवार्ड ओस्म्मान डेम्बेमाथि इंग्लिस प्रियिमर लिगका तीन ठूला क्लबहरू दौडमा लागेको जनाइएको छ । चर्चित खेल मिडिया ‘इको’का अनुसार फ्रान्सका यी स्टार भित्र्याउनका लागि युरोपियन च्याम्पियन क्लब लिभरपुलका साथै तीन क्लब लागिपरेका छन् ।

Padelux insider
cura insider

फ्रान्सलाई सन् २०१८ को रसिया विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका डेम्बेलेका लागि लिभरपुलका साथै म्यानचेस्टर युनाइटेड र चेल्सी दौडमा छन् । सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमुण्डबाट क्याप नोउ आएका २२ वर्षीय डेम्बेलेमाथि यी तीन क्लबले नै इच्छा जताएका छन् ।

goal

१ सय २० मिलियन पाउण्ड तिर्दै डेम्बेलेलाई डर्टमुण्डबाट क्याप नोउ ल्याएको थियो । स्पेनिस मिडिया ‘एल डेस्मार्क्यू’का अनुसार अब बार्सिलोनाले उनलाई ८५ मिलियन पाउण्डमै बेच्ने तयारी गरेको छ । यसै समरमा डेम्बेले बेच्ने निर्णय बार्सिलोनाले गरेको खबरमा उल्लेख गरिएको छ ।

क्लबको अपेक्षाअनुरुप प्रदर्शन गर्न नसकेको र प्रायः समय घाइते रहेको भन्दै बार्सिलोनाले डेम्बेले बेच्ने निर्णय गरेको बताइन्छ । यस सिजन डेम्बेलेले ला लिगामा पाँच खेल मात्र खेलेका छन् । जसमा उनले एक गोल मात्र गरेका छन् । च्याम्पियन्स लिगमा चार खेल खेलेका उनले गोलविहीन छन् ।

jackson ribon