birat ribon

इरानले तोक्यो ट्रम्पको टाउकोको मूल्य ९ अर्ब रुपैयाँ !

Neuro
इरानले तोक्यो ट्रम्पको टाउकोको मूल्य ९ अर्ब रुपैयाँ !

एजेन्सी, २१ पुस । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य नौ अर्ब रुपैयाँ तोकेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार इरानले ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर अर्थात् नेपाली लगभग ९ अर्ब रुपैयाँ तोकेको हो ।

Padelux insider
cura insider

पछिल्लो समय इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि यी दुई कट्टर दुश्मनका रूपमा एक–अर्काका विरुद्ध लागिपरेका हुन् । आइतबार ट्रम्पले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिएका थिए ।

त्यसको केही बेरपछि नै इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको हो । ट्रम्पको टाउकोको मूल्य तिर्न इरानीले दान गर्ने ऋनतर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । यसका लागि एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ ।

जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा उक्त संस्थाले ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका इरानी नागरिकलाई दान गर्न अपिल गरेको हो ।

jackson ribon