birat ribon

भुटेको भात खाँदा निम्तिन सक्छ फूड पोइजनिङ

Neuro
भुटेको भात खाँदा निम्तिन सक्छ फूड पोइजनिङ

विराटनगर, २१ पुस । दिनभरिको खाना खाएर नसकेपछि उब्रेको खानेकुरा बासी हुने गर्छ । हामीले प्रायः बासी खानेकुरा हुँदैन तर, राति भात धेरै पकाएको बेलामा बिहान उब्रियो भने यसलाई अर्को दिन तताएर वा भुटेर खान रुचाउने गर्छन् । यसरी बासी खाना खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

Padelux insider
cura insider

बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार चिसो भात तताएर खाँदा सावधानी नअपनाएको खण्डमा दोहोर्‍याएर तताइएकोले फूड पोइजनिङ निम्त्याउन सक्छ । तर, यो खतरा बासी भातलाई तताउनाले नभएर त्यसलाई राम्रो तरिकाले राख्ने वा सफा भाडामा राख्ने कारण उब्जन्छ । भातमा हुने ब्याक्टेरियाका कारण फेरि एकपटक तताएर खाँदा स्वास्थ्यमा निम्तिन सक्ने हुन्छ ।

हेल्थकेयर सिस्टमका अनुसार, चामलमा ब्यासिलस सिरस नामक ब्याक्टेरियाको जीवाणु हुन्छ । यो ब्याक्टेरियाको जीवाणु शक्तिशाली हुने हुँदा चामल पकाइसक्दा पनि यो मर्नुको साटो झन् छिटो बढ्न सक्छ । भात पकाइसकेपछि लामो समय सामान्य तापक्रममा छोडिदिँदा जीवाणु ब्याक्टेरियाको रूपमा परिणत हुन्छ । ब्याक्टेरियाले तीव्रगतिमा फैलिएर टक्सिन्स पैदा गर्छ र उक्त टक्सिन्स पेटमा जाँदा फूड पोइजनिङ हुन सक्छ ।

त्यसैले, भात पकाएपछि लामो समयसम्म सामान्य तापक्रममा राख्नु हुँदैन । भात नबिग्रियोस् र स्वास्थ्यमा पनि हानी नहोस् भनेर खाएर बचेको भातलाई सही तरिकाले स्टोर गर्नुपर्छ । एनएचएसका अनुसार भात पाक्नेबित्तिकै खानु राम्रो हो । र, पकाएपछि लामो समय राख्नु पर्ने अवस्था आएमा भात सेलाएको एक घन्टाभित्रै फ्रिजमा राख्नुपर्छ । फ्रिजमा राखिएको भात तताउनुअघि केवल एक दिनका लागि मात्र राख्न सकिन्छ । यदि तताएपछि खादा बाँकी राखेको खण्डमा फ्याँक्नुनै पर्ने हुन्छ ।

jackson ribon