birat ribon

युरोपियन प्रतिस्पर्धामा रोनाल्डो दशककै सर्वाधिक गोलकर्ता !

Neuro
युरोपियन प्रतिस्पर्धामा रोनाल्डो दशककै सर्वाधिक गोलकर्ता !

एजेन्सी, २१ पुस । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पछिल्लो दशकमै युरोपियन प्रतिस्पर्धाका सर्वाधिक गोलकर्ता बनेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार यूइएफए प्रतिस्पर्धामा २१ गोल गरेका रोनाल्डो पछिल्लो एक दशककै सर्वाधिक गोलकर्ता बनेका हुन् ।

Padelux insider
cura insider

यूइएफए प्रतिस्पर्धामा इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डो २१ गोलसहित सन् २०१९ का सर्वाधिक गोलकर्ता हुन् । २०१९ मा भने युभेन्टसबाट युरोपियन च्याम्पियन्स लिगमा ७ गोल गोल गरेका रोनाल्डोले युरोपियन क्वालिफायर र यूइएफए नेशन्स लिगमा गरी पोर्चुगलका लागि १४ गोल गरेका छन् ।

game

यूइएफ नेशन्स लिगको विजेतासमेत रहेका उनी पछिल्लो दशकमा १ सय ४५ गोल गर्दै यूइएफए सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा छन् । यतिमात्र नभएर ३४ वर्षीय रोनाल्डोले पछिल्लो सात वर्षयता यूइएफए कम्पिटिसनमा लगातार चार पटक शीर्ष स्थान बनाएका छन् । रोनाल्डोले इंग्ल्याण्डका स्टार ह्यारी केन र भिभिआने मिडेमालाई पछि पारेका छन् ।

रोनाल्डो आफ्नो क्लब र देशबाट गरी युरोपियन खेलअन्तर्गत २०१३, २०१४ र २०१७ मा शीर्ष स्थान बनाएका थिए । तर, अघिल्लो वर्ष भने चेल्सी एवं नेदरल्याण्डका युवा खेलाडी डेयशन रेडनले रोनाल्डोलाई पछि पारेका थिए ।

यसैगरी २०१९ मा ह्यारी केन सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छन् । टोटनह्यामका कप्तान केनले १९ गोल गरेका छन् । यस्तै आर्सनल तथा डच स्ट्राइकर भिभिआने मिडेमा तेस्रो स्थानमा छिन् ।

jackson ribon