birat ribon

जाडोमा बदाम खानुस्, फाइदा पाउनुस्

Neuro
जाडोमा बदाम खानुस्, फाइदा पाउनुस्

Padelux insider
cura insider

विराटनगर २१ पुस । जाडोको समयमा घाम तापेर बदाम खादा समय बितेको थाहा नहुनुका साथै यसका फाइदापनि अधिकांश मानिसहरू थाहा हुँदैन् ।

दिनको ४० देखि ५० ग्राम जति नियमित बदामको सेवनले स्वास्थ्यमा फाइदा पुर्याउने गर्छ । बदाममा प्रोटिन, मिनरल्स, एन्टीअक्सिडेन्ट्स, भिटामिन बी कम्लेक्स, रिवोफ्लोबिन, थियामिन, भिटामिन बी ६ र भिटामिन बी ९, फाइटोस्टेरोल, एन्टिअक्सिडेन्ट, आइरन, फोलेट, क्याल्सियम, म्यागनिज तथा जिंक भरपुर मात्रामा पाइन्छ ।

यस्ता तत्वहरू शारीरिक तथा मानसिक विकासका लागि आवश्यक हुन्छ । इनर्जीको राम्रो स्रोत मानिने बदाममा फाइबरको मात्रा प्रसस्त हुँदा बदाम खाँदा छिटै भोक नलाग्नुका साथै अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा जाग्दैन । जसले गर्दा शरीरमा भएको अनावश्यक तौल र तेललाई नियन्त्रण गरि मोटोपनाको समस्या, छाला सम्बन्धि समस्या पनि हुन दिदैन । गर्भावस्थामा बदामको सेवनले गर्भवती महिला र शिशु दुवैलाई निकै फाइदा हुन्छ ।

दूध नपिउने, दुध पिउन मन नपराउने मानिसहरूका लागि बदाम विकल्प हुनसक्छ । बदाममा पाइने क्यालसियम र भिटामिन ुडीु ले हड्डी तथा दाँतलाई मजबुत बनाउछ । शरीरमा हुने कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा राखीरगतमा हुने खराब कोलेस्ट्रोललाई कम गर्छ र राम्रो कोलेस्ट्रोलको स्तरलाई बढाउन मद्दत गर्छ । नियमित रुपमा बदाम खानाले ब्लड सुगर लेभललाई नियन्त्रित गरि मधुमेह हुने सम्भावना २१ प्रतिशतले कम गराउछ ।

बदामले शरीरको तापक्रमलाई बढाएर ब्लड सर्कुलेसन राम्रो बनाएर मुटुलाई स्वस्थ राखी हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्न दिदैन । बदामले दिमागलाई स्वास्थ्य र तेज गराई स्मरणशक्तिलाई बढाएर मुड सुधारेर डिप्रेशनको समस्यालाई पनि हटाउछ ।

बदामको सेवनले शरीरलाई क्यान्सरसेलबाट लड्नको लागि शक्ति उत्पन्न गराएर शरीरमा फैलिएको ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउछ ।

jackson ribon