birat ribon

सुडान घोटालाका ठेकेदार भारती छुटे

Neuro
सुडान घोटालाका ठेकेदार भारती छुटे

काठमाडौं २० पुस । सर्वोच्च अदालतलले थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि सुडान घोटला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती कारागारमुक्त भए ।

Padelux insider
cura insider

राष्ट्रसङ्घीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टाचारी ठहर भएपछि १२ भदौमा पक्राउ परेका उनी दिल्लीबजार कारागारमा रहेका थिए ।

न्यायाधीश तेजबहादुर केसी, प्रकाश ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले गत मङ्सिर २८ गते पुनरावलोकनमा निस्सा हुने आदेश जारी गरेको थियो । सोही आदेशको कार्यान्वयनका क्रममा आज भारती धरौटीमा छुटेका हुन् ।

कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउन माग गर्दै भारतीले सर्वोच्च अदालतमा दिएको पुनरावलोकन निवेदनको सुनुवाइपछि पुनः सो मुद्दामा सुनुवाइ गर्न आदेश भएको थियोे ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलाशले भारतीलाई उक्त काण्डमा दोषी ठहर गरी १४ करोड २० लाख रुपैयाँ बिगो र जरिवानासहित एक वर्ष जेल सजाय सुनाएको थियो । भारतीले सो रकम बुझाएका छन् ।

सर्वोच्च अदालतले सोही प्रकरणमा नेपाल प्रहरीका तीन जना पूर्व प्रहरी महानिरीक्षकलाई पनि दोषी ठहर गरेको थियो । पूर्व महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई दोषी ठहर हुने फैसला सुनाएको थियो । राणालाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना, गुरुङलाई १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा ठकुरीलाई १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

jackson ribon