birat ribon

युवा विदेशिएर मुलुक समृद्ध हुँदैन : अध्यक्ष थापा

Neuro
युवा विदेशिएर मुलुक समृद्ध हुँदैन : अध्यक्ष थापा

कञ्चनपुर २० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवा शक्ति विदेशिएर मुलुक समृद्ध हुन नसक्ने बताएका छन् ।

Padelux insider
cura insider

कञ्चनपुरको भीमदत्तनगरमा आइतबार मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा बेरोजगारी समस्या बढ्दै गएकाले युवाहरु बाहिरिन बाध्य भएको बताए ।

उनले सामान्य रोजगारीका लागि पनि युवापिँढी बाहिरिनुपर्ने बाध्यता रहेको भन्दै यसरी समृद्ध देश बन्न नसक्ने बताए । झण्डै ५० प्रतिशत युवा जमात बेरोजगारी समस्याले मुलुक बाहिर रहेको अवस्थामा क्रियाशील जनशक्ति बाहिरिएर समृद्ध नेपाल बन्न नसक्ने ठोकुवा गरे ।

उनले सरकारले संवैधानिक र कूटनीतिक निकायलाई नियन्त्रण गर्न खोजेको आरोपसमेत लगाए । मुलुकमा ठूला भ्रष्टाचार काण्ड सार्वजनिक हुँदा पनि सरकारको ध्यान नजाँदा भ्रष्टाचारीलाई प्रोत्साहन मिलेको उनको भनाइ छ ।

jackson ribon