birat ribon

जाडोमा बढ्छ जोर्नीको दुखाई, कम गर्न यसो गरौँ

Neuro
जाडोमा बढ्छ जोर्नीको दुखाई, कम गर्न यसो गरौँ

विराटनगर २० पुस । धेरै जाडोमा हामी मध्ये कसैलाई वा परिवारमा कसैलाई जोर्नीमा दुखाई पनि बढेको हुन सक्छ । यस्तो दुखाईलाई घरेलु उपायबाट पनि कम गराउन सकिन्छ ।

Padelux insider
cura insider

केही यस्ता विधिहरु छन्, जसको प्रयोग गर्दा जोर्नीको दुखाई कम हुने छ । विशेषगरी ४० वर्षभन्दा माथिका व्यक्तिहरुमा जोर्नीसम्बन्धि समस्या बढी हुने गरेको छ । यो समस्यालाई हल्का रुपमा भने लिन नहुने चिकित्सकहरुले बताए ।

विशेषगरी महिलाहरुमा यस्तो समस्या देखिने गरेको विज्ञहरुको भनाइ छ । जोर्नीको दुुखाई भिटामिन डीको कमि हुँदा हुन्छ । धेरै जसो समय बसेर काम गर्नेहरुलाई यस्तो समस्या देखिने गरेको छ । जथाभाबी खानपानले गर्दापनि जोर्नीमा समस्या देखिन सक्छ ।

यसलाई कम गर्न एकै पोजिसनमा धेरै बेरसम्म नबस्न चिकित्सकहरुले सुझाव दिएका छन् । कार्यालयमा काम गर्नेहरुले केही समयको फरकमा घुमघाम गर्ने गर्दा दुखाईबाट राहत पाउन सकिन्छ । यसरी बाहिरफेर निस्किने गर्दा रक्तसञ्चारमा सहजता हुन्छ ।

यस्तै खानपानमा पनि ध्यान दिन आवश्यक हुन्छ । धेरै भिटामिन डी पाइने खानेकुरा खाँदा पनि यसबाट राहत पाउन सकिन्छ । भिटामिन डीको राम्रो श्रोत दुध हो । जाडो महिनामा घाम निक्कै कम मात्र हेर्न पाइन्छ तर घाम लाग्ने बित्तिकै केही समय भने घाममा बस्दा पनि भिटामिन डी पाउन सकिन्छ ।

सुन्तला , पालुंगो र काउलीको तरकारीपनि भिटामिन डीको श्रोत हो । यस्तै कम्तिमा पनि ८ गिलास पानी पिउने गर्दा डिहाइड्रेसनबाट बच्न सकिन्छ ।

jackson ribon